• ८ असोज २०८३, बिहीबार
  • ७ः४२ बेलुका

भेरी करिडोरका निर्माणाधीन पुलको अनुगमन

प्रकाशित मिति

२०८१ बैशाख ३० गते, आईतवार १०:०१

वैशाख ३०, २०८१ सुर्खेत : कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री शेरबहादुर बुढाले भेरी करिडोरका निर्माणाधीन पुल तथा सडकको निरीक्षण गरेका छन् ।

National Life

करडोरका १३ वटा पुल तथा तीन सय १६ किलोमिटर सडकखण्डमध्ये ५६ किलोमिटर क्षेत्रमा भइरहेको कामको जानकारी लिनुका साथै निर्माण व्यवसायीलाई काममा तीव्रता दिन मन्त्री बुढाले निर्देशन दिए ।

उनले निर्माण व्यवसायीलाई ताकेता गरी काममा फर्काउन भेरी करिडोर आयोजनाका प्रमुख सुनिल रञ्जितकारलाई निर्देशन दिएका हुन् ।

Classic Tech Mobile
Classic Tech Desktop

निर्माणाधीन तल्लुस्थित पुल लामो समयदेखि निर्माण व्यवसायीको ढिलासुस्तीका कारण अलपत्र परेको गुनासो बढिरहेकामा मन्त्री बुढाले मन्त्रालयका सचिव, आयोजना प्रमुख तथा निर्माण व्यवसायीलाई एकै ठाउँमा राखेर छलफल गरे ।

डोल्पाको दुनैबाट उपल्लो डोल्पाको तिन्जे लासिक्यापसम्म सडक निर्माण गर्न ठेक्का लागे पनि काम सन्तोषजनक नभएको स्थानीयको गुनासो छ ।

प्रतिकृया