• 11:58 pm

कांग्रेस र राप्रपाको विरोधपछि संसद बैठक स्थगित

प्रकाशित मिति

२०८० चैत्र २८ गते, बुधबार ०१:२९

चैत्र २८, २०८० काठमाडौँ: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस प्रतिपक्षी दल राप्रपाका सांसदहरुको अवरोधका कारण प्रतिनिधि सभा बैठक स्थगित भएको छ । आजको बैठकको सुरुमै कांग्रेस र राप्रपाका सांसदहरुले विरोध जनाएका थिए ।

आकस्मिक समयमा आफ्ना कुराहरु राखेका कांग्रेस र राप्रपाका सांसदहरु चुप लागे पनि शुन्य समयको कारबाही प्रारम्भ हुने समयमा पुनः अवरोध खडा भएको थियो ।

सभामुखले निरन्तर आग्रह गरेर आजको कार्यसूची अनुसार बैठक अघि बढाउन सहयोग गर्न आग्रह गर्दा पनि सांसदहरुले होहल्ला गरेपछि आगामी २०८१ साल वैशाख २ गतेसम्मका लागि बैठक स्थगित भएको जानकारी गराएका हुन् ।

अर्को बैठक वैशाख २ गते आइतबार बिहान ११ बजे बस्नेछ । नेपाली कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको विषयमा छानबिन गर्न माग गर्दै संसदमा निरन्तर अवरोध गर्दै आइरहेको थियो । आजको बैठकमा पनि कांग्रेसले अवरोध सिर्जना गरेको थियो ।

प्रतिकृया