• 1:49 pm

बाँदर व्यवस्थापनका विषयमा तालिम लिन भारत जाने प्राविधिकलाई आरजुले गरिन् बिदाइ

प्रकाशित मिति

२०८० चैत्र २ गते, शुक्रबार ०६:००

चैत २, २०८० काठमाडौँ: कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति आरजु राणा देउवाले बाँदर व्यवस्थापनका विषयमा तालिमका लागि भारत जाने प्राविधिकहरूलाई बिदाइ गरेकी छन् ।

शुक्रबार प्रतिनिधि सभाको अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभाकक्षमा सभापति आरजु देउवाले बाँदर व्यवस्थापन गर्न भारतको सिमला जाने भेटेरिनरी डाक्टर, बायोल्याब स्काउटहरूलाई तथा प्राविधिकहरुलाई बिदाइ गरेकी हुन् ।

बिदाइ कार्यक्रममा समिति सभापति देउवाले नेपालका सुदूरपश्चिम , कर्णाली प्रदेश लगायतका जिल्लाहरूमा बाँदरको आतंकले घरवास नै गुमाउनुपरेको अवस्थामा यसको समाधानका लागि यो तालिम महत्त्वपूर्ण हुने बताइन् । साथै उनले बाँदरले निम्त्याएको समस्यालाई यस तालिमले केही हदसम्म भए पनि समाधान गर्ने बताउँदै यस विषयले आफूलाई खुसी बनाएको उल्लेख गरिन् ।

उनले नेपालका विभिन्न जिल्ला बाँदर आतंक रोक्नका लागि बाँदरको निर्यात, बाँदरको संख्या कसरी घटाउने र बन्ध्याकरण विषयमा प्राविधिकहरुले भारतमा लिएर आउने तालिमले समस्या समाधान गर्नेमा विश्वस्त रहेको उल्लेख गरिन् ।

साथै उनले कृषि मन्त्रालयले पनि तालिममा सिकेका विषयहरूको कार्यान्वयन र बजेटमा पनि विशेष ध्यान दिन आग्रह गरिन्।

प्रतिकृया