• 4:51 pm

लघुवित्तका ऋणी र सरकारबीच ६ बुँदे सहमति, आन्दोलन फिर्ता

प्रकाशित मिति

२०८० चैत्र २ गते, शुक्रबार ०५:५३

चैत २, २०८० काठमाडौँ: लघुवित्तका ऋणी र सरकारबीच ६ बुँदे सहमति भएको छ । शुक्रबार सरकारी वार्ता टोली र आन्दोलनरत पक्षबीच ६ बुँदे सहमति भएको हो ।

सरकारी वार्ताका टोलीका संयोजक नारायणप्रसाद रिसाल र आन्दोलनरत पक्षको तर्फबाट पुनाराम ज्ञवालीले सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।

सहमतिसँगै आन्दोलनरत पक्षले विरोधका कार्यक्रम स्थगित गरेका छन् ।

हेर्नुहोस् सहमति

प्रतिकृया