• ४ साउन २०८३, सोमबार
  • १:०६ बिहान

राष्ट्रियसभा अध्यक्षको निर्वाचन मंगलबार हुने, सोमबार मनोनयन

प्रकाशित मिति

२०८० फाल्गुन २७ गते, आईतवार ०४:२१

फागुन २७, २०८० काठमाडौँ: राष्ट्रियसभा अध्यक्षको निर्वाचन पर्सि मंगलबार हुने भएको छ । राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलहरुको आइतबार बिहान बसेको सर्वदलीय बैठकले मंगलबार निर्वाचन गर्ने सहमति जुटाएको हो । बैठकले सोमबार मनोनयन दर्ता गर्ने गरी कार्यतालिका तय गरेको छ।

संसद सचिवालयका अनुसार ‘पूर्वनिर्धारित समयमै चुनाव गर्ने निर्णयसहित कार्यसूची तय भएको छ । आइतवार बसेको राष्ट्रिय सभा बैठकमा सभाको अध्यक्ष गरेकी उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रिय सभा अध्यक्ष पदको निर्वाचन मिति फागुन २९ गते हुने तोकेकी हुन् । उनले निर्वाचन कार्यक्रम सम्बन्धी सूचना प्रकाशित गर्न संघीय संसदका महासचिवलाई निर्देशन समेत दिइन् ।

Kamana Sewa

यसअघि राष्ट्रिय सभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले स्वीकृत गरेको कार्यतालिकामा फागुन २७ गते राष्ट्रिय सभाको अध्यक्षको निर्वाचनको दिन र समय निर्धारण गर्ने र २९ गते निर्वाचन गर्ने उल्लेख छ ।

Classic Tech Desktop

दलहरुबीच भएको सहमतिअनुसार आइतबार बसेको राष्ट्रिय सभा बैठकले अध्यक्षको निर्वाचनको मिति तोकेको छ । यसअघि राष्ट्रिय सभाको अध्यक्ष रहेका गणेशप्रसाद तिमिल्सनाको कार्यकाल सकिएर बिदा भएकाले अधयक्षको निर्वाचन हुन लागेको हो ।

प्रतिकृया