• 3:43 am

विकास शिल्ड राष्ट्रिय ह्वीलचियर बास्केटबल महिला च्याम्पियनसिपः सुदुरपश्चिम र लुम्बीनी फाइनलमा प्रवेश

प्रकाशित मिति

२०८० फाल्गुन २१ गते, सोमबार ११:४८

फागुन २१, २०८० पोखरा : पोखरामा जारी विकास शिल्ड राष्ट्रिय ह्वीलचियर बास्केटबल च्याम्पियनसिप अन्र्तगत लिग कम नकआउट चरणमा आज खेलिएको खेलमा महिलातर्फ लुम्बीनी र सुदुपश्चिम प्रदेश टिम फाइनलमा प्रवेश गरेको छ ।

६ प्रदेशबाट सहभागी महिला टिम तर्फको सेमिफाइनल खेलमा कोशी प्रदेशलाई लुम्बीनीले १३–६ स्कोरले पराजित गर्दै फाइनल यात्रा तय गरेको छ भने त्यसैगरी सुदुरपश्चिम प्रदेशले बागमतीलाई १०–६ स्कोरले पराजित गर्दै फाइनल यात्रा तय गरेको छ । हिजाेकाे सेमिफाइनल खेलका विजेताहरु आज हुने फाइनल खेलमा दुई टिम भिड्ने छ ।

सुन्दर ढोका साथि सेवाको मुख्य प्रायोजनमा पोखरा रंगशाला र पुन समाजको बास्केटबल कोर्टमा आयोजित प्रतियोगितामा १५ टिमको सहभागिता रहेको छ । प्रतियोगितामा विभागीय टिम त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको टिमसहित सातै प्रदेशबाट पुरुष ९ टिमले प्रतिस्पर्धा गरिरहेका छन् । हिजाेको लिग चरणको खेलमा पुरुषतर्फको खेल भने नसकिएको आयोजकले जानकारी दिएको छ ।

प्रतिकृया