• ४ साउन २०८३, सोमबार
  • १:०४ बिहान

महाधिवेशनको तयारीमा जुट्यो जसपा

प्रकाशित मिति

२०८० फाल्गुन १० गते, बिहीबार ०२:५४

फागुन १०, २०८० काठमाडौँ: सत्तारुढ दल जनता समाजवादी पार्टी, नेपाल जेठमा हुने पार्टीको महाधिवेशनको तयारीमा जुटेको छ । बिहीवार पार्टी केन्द्रिय काार्यलय बालकुमारीमा पार्टीको कार्यकारिणी बैठक बसेको हो । बैठकमा जेठ २८, २९ र ३० गते पार्टीको महाधिवेशनबारे छलफल भएको बताउनु भयो । उहाँले राजनीतिक समिति, केन्द्रिय समितिको बैठकले गरेका निर्णयहरुको कार्यान्वयनको बारेमा पनि समीक्षा हुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘केन्द्रिय कार्यकारिणी बैठकमा जेठ २८, २९ र ३० गते पार्टीको जुन ऐतिहासिक महाधिवेशन हुँदैछ, त्यसको तयारीका बारेमा छलफल हुँदैछ । राजनीतिक समिति, केन्द्रिय समितिको बैठक एक महिनाअघि बसेको थियो । त्यसले गरेको निर्देशहरु कार्यान्वयन गर्ने, महाधिवेशनका लागि विभिन्न प्रतिवेदनहरुको मस्यौदा समितिहरु बनाउने, भौतिक तयारीका कार्यक्रम छन् ।’

Kamana Sewa

उहाँले महाधिवेशनका लागि विभिन्न प्रतिवेदनहरुको मस्यौदा समितिहरु बनाउनेबारेमा पनि छलफल भएको बताउनु भयो ।

Classic Tech Desktop

प्रतिकृया