• ४ साउन २०८३, सोमबार
  • १:२९ बिहान

कांग्रेस महासमिति बैठक आज सकिने

प्रकाशित मिति

२०८० फाल्गुन १० गते, बिहीबार ०७:२५

फागुन १०, २०८० काठमाडौँ: नेपाली कांग्रेसको महासमिति बैठकको समापन आज हुने भएको छ । तेस्रो दिन (बुधबार) नेताहरूले राखेका पाँचवटा प्रतिवेदनमाथि समूहगत छलफल भएको थियो ।

नेपाली कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मिनबहादुर विश्वकर्माले मंगलबार प्रस्तुत भएका प्रतिवेदनमाथि महासमिति सदस्यहरूले समूह बनाएर छलफल गरेका थिए । बुधबार बन्दसत्रमा धारणा राख्न बाँकी महासमिति सदस्यहरूले बिहीबार (आज) धारणा राख्नेछन् ।

Kamana Sewa

सोमबारबाट सुरु भएको महासमिति बैठकमा मंगलबार उपसभापति पूर्णबहादुर खड्काले नीतिगत, महामन्त्री गगन थापाले संगठनात्मक, अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसायिक राजनीतिक, प्रवक्ता डा. प्रकाशशरण महतले मुलुकको आर्थिक अवस्थासम्बन्धी प्रतिवेदन पेस गरेका थिए ।

Classic Tech Desktop

आज बिहान ८ः३० बजेदेखि सबै महासमिति सदस्यहरू एउटै हलमा रहनेछन् । सातै प्रदेशमा सभापतिहरूले समूहबाट निस्केको निष्कर्ष राख्नेछन् । दिउँसो साढे २ बजेदेखि महासमिति बैठकको समापन समारोह हुनेछ ।

प्रतिकृया