सेवाग्राहीसँग घूस लिएको आरोपमा नापी कार्यालयका नापी सर्वेक्षकसहित तीन पक्राउ
प्रकाशित मिति
२०८० माघ १० गते, बुधबार ०१:५४
माघ १०, २०८० काठमाडौँ: ललितपुर नापी कार्यालयका नापी सर्वेक्षक रामवीर यादवसहित तीनजनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।
जग्गा कित्ताकाट गरी जग्गाधनी प्रमाण पुर्जा बनाउने क्रममा सेवाग्राहीसँग घूस माग गरिरहेको भन्ने सूचना एवं उजुरीका आधारमा उनीसहित लेखापढी व्यवसायी दिनेश बन्जरा र विनोद अधिकारीलाई कार्यालय परिसरबाटै पक्राउ गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले बताए ।
एक विज्ञप्ति जारी गर्दै उनले तीनैजनालाई रु दुई लाख ५० हजार घूससहित पक्राउ गरिएको पुष्टि गर्दै उनीहरुमाथि थप अनुसन्धान भइरहेको जानकारी दिए ।
Related
Recent News
- डिएभी कलेजको तेस्रो बीसीए अन्तर–कलेज फुटसल कप भव्य रुपमा सम्पन्न
- नेप्से परिसूचक अंकमा सामान्य गिरावट, कारोबार ६ अर्ब नजिक
- एसएमई प्लेटफर्म लागू, आईपीओमा न्यूनतम ५०० कित्ता सेयर भर्नुपर्ने
- चक्कु आक्रमण भएका बलिवुड अभिनेता सैफ अली खान खतरामुक्त
- अब मेलम्चीको पानी सँधै आईरहन्छ : खानेपानी मन्त्री यादव
- महालक्ष्मी विकास बैंकद्धारा बचत मै मुद्धती सरहको ब्याज पाइने रिकरिङ्ग बचत खाता सञ्चालन
- कांग्रेसले दिलेन्द्र बडुको नेतृत्वमा संसदीय दल अनुशासन समिति बनाउने
- जय ट्रफी एलिट कपको उपाधि नेपाल पुलिसलाई
- प्रधानमन्त्री ओली पोखरामा, स्वास्थ्य विज्ञान प्रतिष्ठानका भवन उद्घाटन
- युद्धविराम कार्यान्वयन हुनुअघि गाजा पट्टीमा इजरायको आक्रमण, २० जनाको मृत्यु
प्रतिकृया