• ४ साउन २०८३, सोमबार
  • १:१५ बिहान

त्रिवि उपकुलपतिका लागि ४३ प्रतिस्पर्धीहरू, सूचि सहित

प्रकाशित मिति

२०८० माघ ९ गते, मंगलवार ०५:०४

माघ ९, २०८० काठमाडौँ : त्रिभुवन विश्वविद्यालयको उपुकलपति बन्न ४३ जनाले दरखास्त दिएका छन् । दरखास्त दिनेमा बहालवाल उपकुलपति, पूर्वउपकुलपति, डिन, विभागीय प्रमुखदेखि पूर्व पदाधिकारी र प्राध्यापकसम्म रहेका छन् । एक कार्यकाल विश्वविद्यालय सेवामा पदाधिकारीको जिम्मेवारी पूरा गरेको संख्या धेरै छ ।

दरखास्त दिने मध्येमा अधिकांश सत्तारुढ कांग्रेस र माओवादीनिकटका प्राध्यापक छन् । एमालेनिकट केहीले पनि आवेदन दिएका छन् । बौद्धिक चोरीका आरोपीदेखि अख्तियार दुरुपायोग अनुसन्धान आयोगले दोषी देखाएका प्राध्यापकको पनि उजुरी परेको छ । केही आवेदक निजी कलेजका सञ्चालक रहेको समेत पाइएको छ ।

Kamana Sewa

उपकुलपति छनोट, सिफारिस समितिले जारी गरेको कार्यविधिमा राजनीतिक दलको सदस्य नभएको, त्रिविमा स्वार्थको द्वन्द्व रहेको स्वघोषणा गर्नुपर्ने प्रावधान राखिएको छ । आवेदनमाथि विज्ञ समूहबाट मूल्याङकन गरी ‘सर्ट लिस्ट’ तयार पार्ने समितिले जनाएको छ ।

Classic Tech Desktop

कसको पृष्ठभूमि के ?

१. शिवलाल भुसाल, त्रिविका निमित्त उपकुलपति

२. लेखनाथ शर्मा, खुला विश्वविद्यालयका पूर्वउपकुलपति

३. केशरजंग बराल, पोखरा विश्वविद्यालयका पूर्वउपकुलपति

४. नन्दबहादुर सिंह, मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति

५. तीर्थराज खनियाँ, त्रिविका पूर्वउपकुलपति

६. चन्द्रमणि पौडेल, त्रिविका पूर्वरजिष्ट्रार

७. गुणनिधि न्यौपाने, त्रिविका पूर्व रेक्टर

८. नवराज देवकोटा, गण्डकी विश्वविद्यालयका उपकुलपति

९.कुसुम शाक्य, त्रिवि मानविकी संकायकी डिन

१०. चित्रबहादुर बुढाथोकी, शिक्षा संकायका डिन

११. महानन्द चालिसे, त्रिवि कार्यकारी परिषद्का सदस्य

१२. भिमसेन देवकोटा, महेन्द्ररत्न क्याम्पसका प्राध्यापक

१३. कृष्णराज तिवारी, त्रिवि वन विज्ञानका पूर्वडिन

१४. इन्द्रबहादुर कार्की, खुला विश्वविद्यालयका पूर्वडिन

१५. राजकुमार पोखरेल, खुला विश्वविद्यालय पदपूर्तिका पूर्वप्रमुख

१६. केदारनाथ घिमिरे, त्रिवि सेवा आयोगका पूर्वसदस्य

१७. त्रिरत्न बज्रचार्य, इन्जिनियरिङका पूर्वडिन

१८. संगिता रायमाझी, अंग्रेजीका प्राध्यापक

१९. गोविन्द सुवेदी, विश्वविद्यालय क्याम्पसका कीर्तिपुर क्याम्पसका पूर्वप्रमुख

२०. टंकनाथ धमला, केन्द्रीय गणित विभागका प्रमुख

२१. भोजराज अर्याल, व्यवस्थापन विभागका पूर्वप्रमुख

२२. प्रकाश घिमिरे (काठमाडौं), माइक्रोबायोलोजी विभागका पूर्वप्रमुख

२३. बालमुकुन्द रेग्मी, औषधिविज्ञानका प्राध्यापक

२४. एकराज ओझा, अर्थशास्त्रका प्राध्यापक

२५. देवबहादुर खडका, रसायन शास्त्र केन्द्रीय विभागका प्राध्यापक

२६. अक्कलदेव मिश्र, रसायन शास्त्रका प्राध्यापक

२७. प्रमोदकुमार झा, वनस्पति शास्त्र विभाग र रिकास्टका पूर्वप्रमुख

२८.सञ्जय आचार्य, अर्थशास्त्रका प्राध्यापक

२९. आनन्दवल्लभ जोशी, चिकित्साशास्त्रका प्राध्यापक

३०. ऋदिश कुमार पोखरेल, त्रिवि योजना निर्देशनालयका पूर्वप्रमुख

३१. नारायणप्रसाद बेल्बासे, पूर्व सहपरीक्षा नियन्त्रक

३२.ज्ञानेन्द्रप्रसाद पौड्याल, इतिहासका प्राध्यापक

३३. विनयकुमार झा, रसायन शास्त्रका प्राध्यापक

३४. शुभनारायण पाठक, इन्जिनियरिङका प्राध्यापक, पूर्वाञ्चल विश्वविद्यालयका पूर्वडिन

३५.सूर्यबहादुर थापा, अर्थशास्त्रका प्राध्यापक

३६. वेदनाथ शर्मा, व्यवस्थापनका प्राध्यापक

३७. हेमराज पन्त, इन्जिनियरिङका प्राध्यापक

३८.रामचन्द्र बस्नेत, रसायन शास्त्रका विभागका पूर्वप्रमुख

३९. महेन्द्रप्रसाद शर्मा, जनसंख्या विषयका प्राध्यापक

४०. विनोद पराजुली, इन्जिनियरिङ गणितका प्राध्यापक

४१.रामप्रसाद रेग्मी, भौतिक शास्त्र केन्द्रीय विभागका प्रध्यापक

४२. प्रकाश घिमिरे, प्राध्यापक

४३. नारायणप्रसाद पाठक, विज्ञानका प्राध्यापक

प्रतिकृया