• ११:०८ २०८० फाल्गुन १३ गते
  • 11:08 am

विभिन्न सवारी दुर्घटनामा तीन जनाको मृत्यु

प्रकाशित मिति

२०८० माघ ९ गते, मंगलवार ०४:२७

accident

माघ ९, २०८० काठमाडौँ: कैलाली, घोडाघोडी नगरपालिका-२ स्थित सडकमा सु.प.प्र.०१००९ प ४६१९ नम्बरको मोटरसाइकल सोमबार बेलुकी दुर्घटना हुँदा चालक बर्दगोरीया गाउँपालिका-५ बेलवा बस्ने २५ वर्षीय कालु बिकको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको घोडाघोडी अस्पताल सुख्खडमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

त्यसैगरी नवलपरासी पूर्व, गैंडाकोट नगरपालिका-१५ मुक्तिनाथ टोलस्थित सडकमा प्रदेश.३-०३-००१ प ६०३४ नम्बरको स्कुटरको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७८ वर्षीय होम बहादुर गुरूङको सोमबार राति मृत्यु भएको छ । उक्त कुरा प्रहरीले प्रेस विज्ञप्तिमार्फत जनाएको हो । ठक्करबाट गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचारको क्रममा मृत्यु भएको हो । स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सुनसरी, हरिनगरा गाउँपालिका-१ गोडियारी टोलस्थित सडकमा भुटाहा चोकबाट फुलचोकतर्फ जाँदै गरेको प्र १-०५२ प ३८६७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ३२ वर्षीय बिरेन्द्र बहदारको मृत्यु भएको छ । उक्त मोटरसाइकलले सोमबार राति ठक्कर दिँदा गम्भीर घाइते भएका उनको पारस अस्पताल बिराटनगरमा उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया