• ४ साउन २०८३, सोमबार
  • १:४० बिहान

मेयर बालेनको चेतावनी, नसच्चिए फार्मेसी बन्द गरिदिने

प्रकाशित मिति

२०८० मंसिर २० गते, बुधबार १०:४४

मंसिर २०, २०८० काठमाडौँ: काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नागरिकको जनस्वास्थ्यमा असर पुग्ने गरि औषधी नबेच्न चेतावनी दिएका छन् । सामाजिक संजाल फेसबुकमा मेयर साहले अनधिकृत व्यक्तिहरूबाट औषधि बिक्री भइरहेको भन्दै सचेत गराएका हुन् ।

औषधि व्यवस्था विभागमा दर्ता नभएका औषधिसमेत बिक्री गरेको तथा चिकित्सकको प्रेस्किप्सन बिना नै औषधि बिक्री भइरहेको महानगरमा गुनासो आइरहेको उनले बताएका छन् । मंसिर २९ गते भित्र माथि उल्लेखित सम्पूर्ण कार्यहरू कानुन बमोजिम गर्न उनले सूचना जारी गरेका हुन् ।

Kamana Sewa

उल्लेख भए अनुसारको समयभित्र काठमाडौं महानगरपालिका क्षेत्रभित्र सञ्चालित औषधि पसलको अनुगमन गर्दा दोषि भेटिए कानुनअनुसार औषधि पसल बन्द गर्नेसम्मको कारबाही गरिने मेयर साहले जनाएका छन् ।

Classic Tech Desktop

प्रतिकृया