• १९ भदौ २०८३, शुक्रबार
  • २ः२७ राती

नेपाल शैक्षिक परामर्श संघले SoftEd Group मा ५० जना नेपाली विद्यार्थीहरुलाई छात्रवृत्तिने दिने

प्रकाशित मिति

२०८० आश्विन १६ गते, मंगलवार ०५:१८

असोज १६, २०८० काठमाडौँ: नेपाल शैक्षिक परामर्श संघ (ECAN) ले SoftEd Group मा ५० जना नेपाली विद्यार्थीहरुलाई छात्रवृत्तिका प्रदान गर्ने भएकाे छ ।


यस संघको Study in Nepal अभियान अन्तर्गत सामाजिक उत्तरदायित्व विभाग (CSR Department) को संयोजनमा softEd Group अन्तर्गत Sunway कलेज संग पचास (५०) जना नेपाली विद्यार्थीहरुका लागि यहि २०२३ नोभेम्बर सेसन तथा २०२४ को मार्च सेसनका निम्ति सुचना प्रविधि विषयको स्नातक तहमा छात्रवृत्ति प्रदान सम्झौता गरिएको जनाएकाे छ। कलेजले स्नातक स्तरको विद्यार्थिहरुलाइ वि. अस्सी अनर्स कम्प्युटर साइन्स विथ आर्टिफिसियल इन्टेलिजेन्स कोर्स को लागि छात्रवृत्ति प्रदान गर्नेछ ।

Kamana Sewa

यस कोर्स अन्तर्गत विभिन्न विधा पर्दछन् जस्तै Data Science, Artificial Intelligence, Machine Learning, Cyber security, Cloud Computing Programming, Software Engineering, Innovation साथै 1 year dedicated Professional Placement पनि संलग्न गराएको छ । उल्लेखित विषय अध्ययन गर्न चाहने नेपाली विद्यार्थी २ जनालाई पुर्ण र ४८ जनालाई आंशिक छात्रवृत्ति दिने भएको छ । आशिक छात्रवृत्ति पाउने १० जनाले ५० प्रतिशत र ३८ जनाले ३० प्रतिशत छात्रवृत्ति पाउने छन् । पुर्ण छात्रवृत्ति पाउनका लागि +2 मा ३.६० जि पि ए ल्याएको हुनुपर्ने छ भने ५० प्रतिशत छात्रवृत्ति पाउनका लागि +2 मा ३.५० जि पि ए ल्याएको हुनु पर्नेछ भने ३० प्रतिशत छात्रवृत्ति पाउन +2 मा ३.०० जि. पि. ए. ल्याउनु पर्ने एवम IELTS मा कम्तिमा समग्रमा ६ (Each Band 5.5) स्कोर ल्याएको हुनुपर्ने छ ।

Classic Tech Desktop

सो अवसर प्राप्त गर्न चाहने विद्यार्थीहरुले आफ्नो आवेदन [email protected] मा गई भर्न सक्नेछन भने सो आवेदन भर्ने अन्तिम मिति नोभेम्बर सेसनका लागि Nov 03, 2023 सम्म र मार्च सेसनका निमित्त फेब्रुअरि १८ सम्म तय गरिएको छ ।


नेपाल शैक्षिक परामर्श संघ (ECAN) विगत २७ वर्ष देखि निरन्तर रुपमा उच्च शिक्षा हाशिल गर्न चाहने नेपाली विद्यार्थीहरुको नैसर्गिक हक स्थापित गर्दै आफ्नो संघमा आवद्ध शैक्षिक परामर्श केन्द्र मार्फत परामर्श, सहजिकरण र हर सम्भव सहयोग गर्दै आईरहेको छ । यसरी परामर्श, सहजिकरण, समन्वय र सहयोग गर्दै गर्दा विगत देखि नै नेपाल लगायत विदेश स्थित कलेज, विश्वविद्यालय लगायत अन्य दुतावास मार्फत मिहिनेती, जेहन्दार र दुर दराजका अति विपन्न विद्यार्थीहरुलाई उत्कृष्ट कलेज, विश्वविद्यालयहरुमा छात्रवृत्तिको पहल गर्दै अाएकाे छ ।


यस विषयमा विषयगत विवरण, निवेदन वा अन्य सम्बन्धमा थप जानकारी https://forms.gle/DQAbHguoXG38XCKM6 लिङकमा राखिएको र ईक्यानको सचिवालय मार्फत पनि जानकारी प्राप्त गर्न सकिने छ ।

प्रतिकृया