यस वर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार तीन वैज्ञानिकलाई

प्रकाशित मिति

२०८० आश्विन १६ गते, मंगलवार ०४:४२

nobel1

असोज १६, २०८० काठमाडौँ: यस वर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार तीनजना वैज्ञानिकले पाएका छन् । नोबेल पुरस्कार समितिले पियरे अगोस्टिनी, फेरेन्क क्राउज र एनी लुहुलियरलाई नोबेल पुरस्कार प्रदान गरेको हो । तीनैजना वैज्ञानिकले ‘पदार्थमा इलेक्ट्रोन गतिशीलताको अध्ययनका लागि प्रकाशको एटोसेकेन्ड पल्स उत्पन्न गर्ने परीक्षणिक विधि,’ का लागि पुरस्कार पाएका हुन् ।


यस विधिले एटम र मोल्युकलभित्र भइरहेको प्रक्रियाको तस्बिर दिन सक्ने बताइएको छ । स्विडेनको राजधानी स्टकहोममा मंगलबार बिहान यो पुरस्कार घोषणा गरिएको हो । यसअघि हिजो सोमबार चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार दुई वैज्ञानिकलाई प्रदान गरिएको छ ।


अब चार नोबेल पुरस्कार घोषणा हुन बाँकी छन् । स्टकहोममा बुधबार, बिहीबार र शुक्रबार क्रमशः रसायनशास्त्र, साहित्य र शान्तितर्फको पुरस्कार प्रदान गर्ने कार्यक्रम रहेको छ । अर्थशास्त्रतर्फको पुरस्कार भने अक्टोबर ९ मा घोषणा गरिने छ ।

प्रतिकृया