चिकित्सकहरुप्रति दुर्व्यवहार बन्द गरी सम्मान र हार्दिकता विकास गर्न अध्यक्ष ओलीले गरे अपिल

प्रकाशित मिति

२०८० आश्विन १० गते, बुधबार ०३:४६

oli2

असोज १०, २०८० काठमाडौँ:  नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सकहरुप्रतिको दुर्व्यवहार बन्द गरी सम्मान र हार्दिकता विकास गर्न अपिल गरेका छन् । अध्यक्ष ओलीले बुधबार आजभोलि उपचार गरिरहेका चिकित्सकहरुलाई हातपात र दुर्व्यवहार भएका समाचार सामाजिक सञ्जालमा देखिरहेको उल्लेख गर्दै उनीहरुप्रति दुर्व्यवहार बन्द गर्न भनेका हुन्।


उनले सामाजिक सञ्जालमा लेखेका छन्- मेरो जीवनमा डाक्टरको ठूलो भूमिका छ । डाक्टरको महत्त्व म स्वयंले आफ्नो जीवनमा महसुस गरेको छु । आजभोलि उपचार गरिरहेका डाक्टरहरुलाई हातपात र दुर्व्यवहार भएका समाचार सामाजिक सञ्जालमा देखेको छु । मेरो अनुरोध छ – डाक्टरहरु प्रतिको दुर्व्यवहार बन्द गरौं । सम्मान र हार्दिकता विकास गरौं ।


पोखरास्थित मणिपाल शिक्षण अस्पतालका चिकित्सकहरुमाथि आक्रमण भएपछि अहिले देशभरिका चिकित्सकहरु आन्दोलनमा छन् । सोमबार उपचारका लागि ल्याइएकी एक बिरामी महिलाको निधन भएपछि उनका आफन्तहरुले चिकित्सकमाथि आक्रमण गरेका थिए ।

प्रतिकृया