विनायकमा सामाजिक अपराध सम्बन्धि सचेतना कार्यक्रम

प्रकाशित मिति

२०८० भाद्र २७ गते, बुधबार ०८:२०

375021659 137626996091327 6054613028712208205 n e1694572529416

भदौ २७ २०८० भक्तपुर : विद्यार्थीहरुको सर्वाङ्गीण विकासमा जोड दिदै आधुनिक प्रगतिशील शिक्षा प्रदान गरिरहेको मध्यपुर ठिमीमा अवस्थित विनायक शिक्षा निकेतन ई. स्कुलले यही २०८० भदौ २६ गतेका दिन कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुका लागि सचेतना कार्यक्रमको आयोजना गर्यो ।


विद्यालय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत महानगरीय प्रहरी वृत्त ठिमी र विद्यालयको संयुक्त आयोजनामा सञ्चालन गरिएको उक्त कार्यक्रममा कक्षा- १० मा अध्ययनरत करिव ७० जना विद्यार्थी सहभागी रहेका थिए। विशेष गरेर युवा अवस्थामा प्रवेश गर्न लागेका विद्यार्थीहरुलाई सामाजिक अपराध के हो ? साइवर क्राइमबाट कसरी बच्ने ? तथा सामाजिक अपराधबाट बच्न के गर्नुपर्दछ ? भन्ने विषयमा महानगरीय प्रहरी वृतकी प्रतिनिधि सिर्जना पोख्रेल लगायत उहाँको टिमले विद्यार्थीहरुलाई अन्तर्क्रियात्मक शैलीमा सचेत गराइएको कुरा विद्यालयका सहायक प्रिन्सिपल प्रेमप्रसाद निरौलाले हामीलाई जानकारी दिनुभयो ।


कार्यक्रममा बोल्दै विद्यालयका प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले आजका विद्यार्थी भाेलिका यस देशका विकास-निर्माणका संवाहक भएकाले र विद्यार्थीहरू नै सामाजिक अपराध न्यूनीकरण गर्ने, साइवर अपराध वारे समाजमा / परिवारमा चेतना प्रवाह गर्ने तथा लागु पदार्थ दुव्यसन‌को कुलतबाट सबैलाई चेतनशील बनाउने माध्यम भएकाले अत्यन्त चनाखो र सचेत बनी आफ्नो गन्तव्यमा पुग्नु पर्दछ र आफू परिवर्तित भई आफ्नो परिवार र समाजलाई परिवर्तनको बाटामा डोहोर्याउनु पर्दछ भन्ने कुरा बताउनु भयो । अत्यन्तै अन्तरक्रियात्मक शैलीमा आयोजना गरिएको उक्त कार्यक्रम फलदायी रहेको कुरा सहभागी विद्यार्थीहरुले बताउदै आफू चेतनशील भएको र अरुलाई पनि सचेत बनाउदै जाने कुरा बताएका थिए।

प्रतिकृया