• २ असोज २०८३, शुक्रबार
  • ६ः३६ बिहान

नेम्वाङको अन्त्येष्टि बिहीबार गरिने

प्रकाशित मिति

२०८० भाद्र २६ गते, मंगलवार ०५:३९

भदौ २६, २०८० काठमाडौँ: संविधान सभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टि बिहीबार गरिने भएको छ । नेम्वाङका छोरा बुधबार अपरान्हमात्रै नेपाल आइपुग्ने भएकाले अन्त्येष्टिि बिहीबार गरिने भएको हो ।

National Life

नेम्वाङको पार्थिव शरीर बुधबार दिउँसो १ बजेसम्म एमाले पार्टी केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिने छ भने त्यसपछि नेम्वाङको निवासमा लगिने छ । नेम्वाङको अन्त्येष्टि भने पशुपति आर्यघाटमै गरिने छ । मंगलबार बसेको आकस्मिक मन्त्रिपरिषद् बैठकले नेम्वाङको अन्त्येष्टि राजकीय सम्मानका साथ गर्ने निर्णय गरेको छ ।


नेम्वाङको सोमबार राति हृदयघातका कारण निधन भएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया