• ११ असोज २०८३, आइतबार
  • १२ः२३ दिउँसो

कामना सेवा विकास वैंकले ग्राहकका लागि नयाँ निक्षेप योजना सार्वजनिक

प्रकाशित मिति

२०८० भाद्र ५ गते, मंगलवार ११:४०

भदौ ५, २०८० काठमाडौँ : कामना सेवा विकास वैंकले आफ्ना ग्राहकवर्गहरुको सेवालाई मध्यनजर गर्दै नयाँ निक्षेप योजना सार्वजनिक गरेको छ । पारिवारीक सम्वन्धलाई मजवुत वनाउदै, आफ्नो प्रियजनमा खुशी र आफ्नोपन संचार गर्न उपहारको नयाँ परम्पराको शुरुवात स्वरुप “तिम्रै लागि” मुद्धती र वचत खाता सार्वजनिक गरेको हो ।

National Life

पछिल्लो समय आफन्तपन र पारिवारिक सम्वन्धको महत्वलाई लिएर विभिन्न पर्व, उत्सव तथा दिवसहरुमा उपहार दिने प्रचलन वढेकोमा यस्ता उपहार कुनै अफ्ठेरो अवस्थामा प्रयोग गर्न सकिने तथा आर्थिक सहयोगको समेत आभास हुने गरि उपहारको नयाँ परम्पराको शुरुवात गर्न वैंकले नयाँ निक्षेप योजना ल्याएको वैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले वताउनुभयो।


सम्वन्धपनको महत्व दर्शाउदै उक्त खाता हजुरवुवा हजुरआमा, वुवा आमा, श्रीमान् श्रीमती, दाजुभाई, दिदिवहिनी, छोराछोरी तथा नातीनातिनाहरुले आफ्नो पारिवारिक सम्वन्ध भित्र जो कसैलाई पनि उपहार स्वरुप उक्त मुद्धती खाता उपहार गर्न सकिने बैंकले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

न्युनतम रु.१० हजारमा नै खोल्न सकिने मुद्धती खातामा मासिक रुपमा व्याज प्राप्त गर्न सकिनेछ । उक्त खाता खोल्दा बैंकको मोवाईल तथा इन्टरनेट बैंकिङ, लकर सुविधा र डेविट कार्ड निःशुल्क प्राप्त गर्न सकिने छ । उक्त मुद्धती खातामा रहेको मौज्दातको ९० प्रतिशत सम्म कर्जा सुविधा तत्कालै प्राप्त गर्न सकिने वैंकले जनाएको छ । उपहारको नयाँ परम्पराको शुरुवात गर्नको लागि ल्यार्ईएको उक्त खातामा आवश्यकता अनुसार थप रकम जम्मा गर्दै समेत जान सकिने समेत विशेषता रहेको छ ।

प्रतिकृया