• 6:32 pm

सुन-चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

प्रकाशित मिति

२०८० भाद्र ५ गते, मंगलवार ११:३४

भदौ ५, २०८० काठमाडौँ: आज सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला २०० रुपैयाँले बढेर १ लाख १० हजार ५०० रुपैयाँ कायम भएको छ ।


यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ९ हजार ९५० रुपैयाँ निर्धारण भएको छ । यसअघि, सोमबार छापावाल सुन १ लाख १० हजार ३०० रुपैयाँ कायम रहेको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ९ हजार ७५० रुपैयाँ निर्धारण भएको थियो ।


आज चाँदीको भाउ पनि प्रतितोला २५ रुपैयाँले बढेर १४ सय १५ रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको भाउ प्रतितोला १३ सय ९० रुपैयाँ कायम रहेको थियो ।

प्रतिकृया