रानिबारी खोलामा आएको बाढीले एक स्थानीयको घर भत्कियाे (फोटो सहित)
प्रकाशित मिति
२०८० श्रावण २३ गते, मंगलवार १२:५०

२३ श्रावण २०८०, काठमाडौँ : काठमाडौं महानगरपालिकाको सामाखुशी रानीबारी खोलामा आएको बाढीले एक स्थानिएको घर भत्किएको छ । गए राति देखि आएको अविरल बर्षाका कारण खोला वरपरका सडक जलमग्न भएका छन् भने स्थानीयको घरमै पानी पसेको छ ।
सामाखुशी रानीबारीमा बस्दै आएकी अन्जु सिटौलाको घर खोलाको बेगले भत्किएको छ । आज बिहान श्रीमान सँगै खाना बनाइरहेकी अन्जुको खोला पट्टिको भाग भत्किएको हो । घर भत्किए सँगै उनको सामानहरू खोलाले बगाएको छ। उनले आफ्नाे बस्ने घर नै भत्किए पछि बिचल्ली भएकाे बताइन । आफनाे श्रीमान पनि शारीरिक रूपमा अपाङ्ग भएकाले आफ्नाे बिजाेग भएकाे उनी बताउँछिन । अहिले उनी वडा र महानगरपालिकालाई सम्पर्क गरिरहेकी छन् ।
यसरी घर भत्किए पछि स्थानीय भयभीत भएका छन् । केही दिन अघि महानगरले सोहि स्थानका खोलामाथिको स्ल्याबहरू हटाएको थियो । काठमाडौं महानगरपालिकाले बसुन्धरा देखि चौकी, रानीबारी हुँदै रेडन पुलसम्मको स्ल्याब हटाइसकेको छ। स्ल्याब हटाएकौ कारण घरबाट बाहिर निस्कन पनि स्थानियलाई सकस् भइरहेको स्थानियले बताए ।
यसै गरी केही दिन अघि साउन ७ गते सामाखुशी खोलामा भानुभक्त स्कुलमा अध्ययनरत १३ वर्षीय बालक साजन मगर खसेका थिए। उनको शव १८ गतेमात्र फेला परेको थियो ।
प्रतिकृया