• ४ असोज २०८३, आइतबार
  • ३ः२२ राती

सीटिइभिटीद्वारा विशेष छात्रवृत्तिमा आवेदन भर्न सूचना जारी

प्रकाशित मिति

२०८० श्रावण २३ गते, मंगलवार ०१:१५

२३ श्रावण २०८०, काठमाडौँ: प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदले नेपाल सरकारको आर्थिक वर्ष २०८०/०८१ को बजेट तथा कार्यक्रममा व्यवस्था भए बमोजिम प्रादेशिक सन्तुलन कायम हुने गरी दलित, मुस्लिम, विपन्न र सिमान्तकृत समुदायका छात्रछात्राहरुबाट विभिन्न निर्धारित कोटामा प्रि डिप्लोमा तहमा १२० जना र डिप्लोमा/प्रमाणपत्र तहमा २८० जनालाई प्राविधिक शिक्षामा विशेष छात्रवृत्ति कार्यक्रम अन्तर्गत निःशुल्क प्राविधिक शिक्षा अध्ययन गर्नको लागि योग्य नेपाली नागरिकहरुबाट प्रवेश परिक्षाको आवेदन फर्म भर्न सम्बन्धित सबैलाई सूचित गरेको छ ।

National Life

विपन्न र सिमान्तकृत भन्नाले हलिया, कमैया, अपाङ्गता भएका, द्वन्द्व पीडित/शहिद/जनआन्दोलन घाइते परिवारलाई समावेश गरि नेपाल सरकारबाट सूचिकृत सुविधान बञ्चित २२ वटा आदिवासी जनजाति समूहहरु (वनकरिया, बराम, बोटे, चेपाङ्ग, दनुवार, धानुक, हायु, झागड, किसान, कुसुन्डा, लेप्चा, माझी, कुसवाडिया, राजी, राउटे, सतार, सिंसा, सुरेल, थामी र थुनम) लाई मात्र जनाउने पनि परिषदले आफ्नो सूचनामा जनाएको छ ।

प्रि डिप्लोमा तहको लागि आवश्यक न्यूनतम शैक्षिक योग्यतामा मान्यता प्राप्त शिक्षण संस्थाबाट एस.एल.सी. वा सो सरहको परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ भने डिप्लोमा तहको लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट अनिवार्य गणित, अंग्रेजी र विज्ञान विषय लिई एस.एल.सी. वा सो सरहको परीक्षा उत्तीर्ण वा परिषद्बाट संचालन हुने कार्यक्रमसंग सम्बन्धित प्राविधिक एस.एल.सी÷प्रि डिप्लोमा तहको कुल पूर्णाकंमा ६८.३३ प्रतिशत अंक प्राप्त गरि उत्तीर्ण गरेको हुनुपर्नेछ ।

Classic Tech Mobile
Classic Tech Desktop

आवेदन फाराम वितरण मिति २०८० श्रावण २३ गतेदेखि हुनेछ भने फाराम बुझाउने अन्तिम मिति २०८० भाद्र ०८ गते सम्म रहेको छ । आवेदनको फारामको शुल्क लाग्नेछैन भने प्रवेश परीक्षा संचालन हुने मिति २०८० भाद्र १६ गते शनिवार बिहान ११ः०० बजे रहेको छ । आवेदन फराम परिषदको वेभसाइट www.ctevtexam.org.np बाट डाउनलोड गरि प्राप्त गर्न सकिनेछ ।

प्रतिकृया