• 6:26 pm

आन्दोलनबाट लघुवित्तको समस्या समाधान हुँदैन

प्रकाशित मिति

२०८० श्रावण २३ गते, मंगलवार १२:४२

२३ श्रावण २०८०, काठमाडौँ: सीवाईसी लघुवित्त वित्तीय संस्थाका प्रबन्ध संचालक डोलीन्द्र प्रसाद शर्माले आन्दोलन बाट समस्याको समाधान नहुने बताएका छन ।

पछिल्लो समय लघुवित्त वित्तीय संस्थाविरुद्ध आन्दोलन चर्किएको छ । विपन्न वर्गको आर्थिक उत्थानका लागि भनेर नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजत पाएर स्थापना गरिएका यी कम्पनीको अस्तित्वमाथि नै प्रश्न उठेको छ । लघुवित्तविरुद्ध मुलुकका विभिन्न ठाउँका ऋणीहरूले ऋण मिनाहा गर्नुपर्ने लगायतमा माग राखी काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका छन् । प्रबन्ध निर्देशक शर्मा यी आन्दोलनको समाधान संवाद रहेको भन्दै आन्दोलनकारीहरूलाई संवादमा आउन आग्रह गरिरहेका हुन्छन् । लघुवित्तको हितका लागि आक्रामक हुनुपर्ने तर्कहरू अगाडि सार्दै पछिल्लो समय उनी लघुवित्तहरू पनि सच्चिनुपर्नेमा जोड दिइरहेका छन् ।

प्रबन्ध सञ्चालक शर्मासँग लघुवित्तको वर्तमान अवस्था, चुनौती र आगामी यात्राबारे संवाद नै उपयुक्त पाटो भएको उहाँको दावी छ ।

प्रतिकृया