• २ असोज २०८३, शुक्रबार
  • ३ः५३ राती

समृद्ध नेपालका लागि प्रविधिको उत्कृष्टता केन्द टीकापुर बहुप्राविधिक शिक्षालय

प्रकाशित मिति

२०८० श्रावण ५ गते, शुक्रबार ०५:१९

५ श्रावण २०८०, काठमाडौँ: नेपाल लगायत कुनै पनि राष्ट्रको विकास र प्रगतिमा प्राविधिक शिक्षाको महत्वपूर्ण भूमिका हुन्छ । नेपालको सन्दर्भमा विभिन्न कारणले प्राविधिक शिक्षाको विशेष महत्व रहेको छ । सबैभन्दा बढी महत्व त प्राविधिक शिक्षाले अहिलेको जस्तो बेरोजगारी भएको समयमा रोजगारको अवसरको सिर्जना गर्दछ । नेपाल एउटा विकासोन्मुख देश हो जसको जनसंख्याको ठूलो हिस्सा कृषिमा निर्भर छ । यद्यपि, कृषि क्षेत्रमा रोजगारीको बजार सीमित छ, जसले गर्दा ठूलो संख्यामा बेरोजगार वा कम बेरोजगार व्यक्तिहरू छन् । प्राविधिक शिक्षाले विद्यार्थीहरूलाई विभिन्न उद्योगहरूको लागि आवश्यक व्यावहारिक सीप र ज्ञान प्रदान गर्दछ, उनीहरूले लाभदायक रोजगारी खोज्ने सम्भावनाहरू बढाउँछन् ।

National Life

प्राविधिक शिक्षाले गरिबी उन्मूलनमा पनि महत्वपूर्ण भूमिका खेल्दछ । व्यावहारिक सीपहरू प्रदान गरेर र व्यक्तिहरूलाई राम्रो रोजगारी सुरक्षित गर्न वा आफ्नै व्यवसाय सुरु गर्न सक्षम बनाएर, प्राविधिक शिक्षाले गरिबी न्यूनीकरण र जनसंख्याको जीवनस्तरमा सुधार गर्न योगदान दिन सक्छ । पुरातनवादी शिक्षामा विद्यार्थीले एमए सम्मको अध्ययन गरेपनि आफू स्वावलम्बन हुने किसिमको जागिर पाउन निकै कसरत गर्नुपर्ने हुन्छ । तर प्राविधिक शिक्षालयमा तीन वर्षको फार्मेसी, एचए, आइटी, सिभिल इंजिनियरिङ आदिको पढाईले विद्यार्थीले अलि सजिलो गरि रोजगार पाउन सक्षम हुन्छन् । त्यसैगरी छोटो अवधिको इलेक्ट्रिसियन, प्लम्बिङ, टेलरिङ, कार्पेन्ट्री लगायतको तालिम पश्चात उनीहरु बेरोजगार भएर बस्न शायदै पर्दैन ।


नेपालमा प्राविधिक शिक्षाको पूर्ण सम्भावनाको अनुभूति गर्न पूर्वाधारमा लगानी गर्न, उद्योगको आवश्यकतासँग मेल खाने पाठ्यक्रम नियमित रूपमा अपडेट गर्ने, सार्वजनिक–निजी साझेदारीलाई प्रवर्द्धन गर्ने र अनुसन्धान र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने वातावरण सिर्जना गर्न आवश्यक छ । यसो गर्नाले नेपालले प्राविधिक शिक्षाको शक्तिलाई सामाजिक–आर्थिक विकास र आफ्ना नागरिकको जीवनस्तरमा सुधार ल्याउन प्रयोग गर्न सक्छ ।

Classic Tech Mobile
Classic Tech Desktop

माथिका हरफबाट हामीले यो पक्का पनि महशुस गरिसक्यौं कि नेपाल जस्तो विकासोन्मुख देशमा प्राविधिक शिक्षाको महत्व कति छ । नेपालमा वि.स. २०४५ सालमा स्थापना भई प्राविधिक शिक्षाको शुरुआत गरि देश विकासमा महत्वपूर्ण योगदान दिन सीटिइभिटीले महत्वपूर्ण भूमिका खेल्दै आइरहेको छ । यसै सिटीइभिटी अन्तर्गत वि.स. २०६६ सालमा स्थापना भई टिकापुरको कैलालीमा स्थित टीकापुर बहुप्राविधिक शिक्षालयले यो अभियानमा अर्को एउटा इट्टा थप्ने काम गरेको छ । यस शिक्षालयका दक्ष अध्यापक, चुस्त व्यवस्थापन र उच्च अनुशासनको वातावरणले यस शिक्षालयले देशैभरिका विद्यार्थीहरुलाई आफूतर्फ आकर्षण गर्न सफल भएको छ ।


“समृद्ध नेपालका लागि प्रविधिको उत्कृष्टता केन्द्र” बन्ने दूरदृष्टिका साथ वि.सं. २०६६ सालमा स्थापित टीकापुर बहुप्राविधिक शिक्षालय टीकापुर नगरपालिका वडा नं. ५, कैलालीमा अवस्थित परिषद्को एउटा आंगिक नमूना शिक्षालय हो । स्थापनाकाल देखि वि.सं. २०७३ साल सम्म छोटा अवधिका सीपमूलक तालीम संचालन र वि.सं. २०७३ साल देखि डिप्लोमा बाली विज्ञान र क्रमशः डिप्लोमा पशु विज्ञान, डिप्लोमा सिभिल इन्जिनियरिङ्ग, डिप्लोमा वन विज्ञान र यसै शैक्षिक सत्र २०७९÷८० देखि नेपालमै पहिलो पटक डिप्लोमा कृषि इन्जिनियरिङ्ग विषयका कार्यक्रमहरु संचालित छन् । यहाँ पढाई हुने विषयहरुमा प्लान्ट साइन्सको डिप्लोमा ४० सिट, एनिमल साइन्सको डिप्लोमा ४० सिट, डिप्लोमा इन फरेष्ट्रीमा ४० सिट र डिप्लोमा इन एग्रीकल्चर इञ्जिनियरिङमा ४८ सिट रहेको छ । २५ विगाह जमिन क्षेत्रफलमा शिक्षालयका सुविधा सम्पन्न शैक्षिक भवन, छात्रावास, विषयगत ल्याव, वर्कशपका साथै प्रभावकारी शिक्षण प्रशिक्षणका लागि पर्याप्त पूर्वाधार र उपयुक्त शैक्षिक वातावरणयुक्त यस शिक्षालयले निम्न नविनतम अभ्यासहरुको अवलम्बन गरेको छ ।

१. GESI मैत्री शैक्षिक वातावरण
२. कार्यस्थलमै प्रशिक्षण दिने अभ्यास
३. “सीक, कमाउ र तिर” को प्रभावकारी कार्यान्वयन
४. “विजनेश इन्क्यूवेशन केन्द्र” मार्फत प्रशिक्षार्थी एवम समुदायलाई उद्यमशिलता विकासमा सहजीकरण
५. उद्योगी व्यावसायीद्वारा प्रशिक्षण गराउने प्रणालीको अभ्यास
६. E-learning एवम अध्याधुनिक विद्युतिय प्रविधिको प्रयोगद्वारा प्रशिक्षण
७. समुदाय स्तरमा गई विभिन्न प्राविधिक परामर्श÷सेवा प्रदान

प्रतिकृया