• २ असोज २०८३, शुक्रबार
  • ३ः०५ दिउँसो

महिला आश्रयगृह सञ्चालनका लागि १७ बुँदे घोषणापत्र जारी

प्रकाशित मिति

२०८० असार १३ गते, बुधबार ०२:०६

१३ असार २०८०, काठमाडौँ: महिला आश्रय गृहहरुको प्रथम राष्ट्रिय सम्मेलनले आश्रय गृह सञ्चालनका लागि साझा मापदण्डका लागि १७ बुँदे घोषणापत्र जारी गरेको छ । “आश्रय गृहको सेवाः सशक्तीकरणमा टेवा” भन्ने नाराका साथ राजधानीमा आयोजित तीन दिने सम्मेलनमा सात प्रदेशबाट सहभागी आश्रयगृहका प्रतिनिधीहरूले अन्तरक्रिया गरी मङ्गलवार महिला आश्रयगृह सञ्चालनका लागि १७ बुँदे काठमाडौँ घोषणापत्र जारी गरेको हो ।

National Life

सम्मेलनले लैङ्गिक हिंसा पीडित-प्रभावित महिलाका लागि आवश्यक एकिकृत सेवाहरू(शारीरिक उपचार, मनोसामाजिक परामर्श, कानुनी सहायता, क्षमता विकासका सिप, सामाजिक पुनस्थार्पना) लगायतका सेवा प्रदान गर्ने आश्रय गृहहरुलाई समर्थन र सहयोगको अपिल गरेको छ ।


महिला आश्रयगृहको क्षमता र संस्थागत विकासका लागि संरचना, स्रोत र दक्ष जनशक्तिको समेत उत्तिकै महत्व रहेकोले सरोकारवालाहरूबीच सहकार्य, स्रोत साधनमा पहुँच तथा दिगोपनाका लागि तीन तहका सरकारको प्रतिवद्धता र ऐक्यवद्धता हुनुपर्ने, लैङ्गिक हिंसाबाट पीडित-प्रभावित महिला तथा आश्रित बालबालिकामाथि हुने जोखिम न्यनिकरणका लागि पहल हुनुपर्ने र पीडित÷प्रभावितको खण्डिकृत तथा एकिकृत तथ्याङ्क प्रणाली स्थापना हुनुपर्नेलगायतका कुरा घोषणापत्रमा उल्लेख छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

महिला आश्रयगृहरूको प्रथम सम्मेलनमा सहभागी आश्रयगृह सञ्चालक, अधिकारकर्मीले हिंसाबाट पीडितको पारिवारिक पुर्नमिलन समेतका लागि अल्पकालीन तथा दीर्घकालिन सेवा प्रदान गर्न सरकारी तथा गैर सरकारी निकायको सहयोगमा सञ्चालित महिला आश्रय गृहहरुको लैङ्गिक हिंसा निवारणमा विशेष भूमिका र महत्व रहेको जानकारी दिंदै लैङ्गिक हिंसा पीडित-प्रभावित महिलाको सामाजिक, सांस्कृतिक, आर्थिक रुपान्तरण सहित आर्थिक सशक्तिकरणमा जोड दिनुभयो ।
समापन कार्यक्रमलाई सम्वोधन गर्दै राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीले महिलाले भोगेका विविध प्रकारका हिंसा साझा मुद्दा हुन्, साथै हिंसासँग आर्थिक, सामाजिक, राजनैतिक समस्या पनि जोडिएर आउने र देशकै विकासको बाधक समेत हो भन्दै यसको समाधानका लागि राज्य र नागरिक समाजको साझा पहलको आवश्यकता रहेको बताउनुभयो ।


उहाँले महिला आश्रयस्थलको पहिलो राष्ट्रिय सम्मेलनमा सहभागी भएर आश्रयगृहमा खटिने महिलाले आफुले भोगेको अनुभवसहित आश्रयगृहका लागि साझा मापदण्ड बनाउन भेला हुनु निक्कै सह्रानिय काम हो,भन्नुभयो । साथी संस्थाका संस्थापक वन्दना राणाले साथीको आव्हान तथा नेतृत्वलाई विश्वास गरी सातै प्रदेशबाट राजधानी आएर तीन दिनसम्म वृहत छलफलमा सक्रिय सहभागिता जनाएर महिला आश्रयगृहको सञ्चालन विषयमा काठमाडौँ घोषणापत्र जारी गर्न सहयोग गर्ने सबै अधिकारकर्मीप्रति हार्दिक कृतज्ञता व्यक्त गर्नुभयो ।


साथी संस्थाका अध्यक्ष सजनी अमात्यले हिंसा पीडित महिलाको सुरक्षा, सहायता र संरक्षणका लागि गुणस्तरीय र सुविधा सम्पन्न महिला आश्रय गृहहरुको विस्तार र दिगोपनलाई निरन्तरता,मानव अधिकार मैत्री समावेशी र पहुँचयुक्त सेवाहरु प्रदानका लागि साझा अवधारणा बनेको बताउनुभs

प्रतिकृया