• २ असोज २०८३, शुक्रबार
  • ६ः०४ बेलुका

भक्तपुरको सूर्यविनायकमा घरेलु तथा कृषि पर्यटन मेला हुँदै

प्रकाशित मिति

२०८० असार १३ गते, बुधबार ०२:१५

१३ असार २०८०, भक्तपुर : भक्तपुरको सूर्यविनायकमा घरेलु तथा कृषि पर्यटन मेला हुँने भएको छ । घरेलु तथा कृषि पर्यटन उद्योग प्रवर्धनका लागि घरेलु कृषि पर्यटन मेला हुन लागेको हो । असार १५ देखि १७ गतेसम्म मेलामा भक्तपुरमा उत्पादित घरेलु तथा कृषि उत्पादन एवं नेपाली रैथाने उत्पादन, नेवारी खानाका परिकार समावेश हुनेछन् ।

National Life

सूर्यविनायक नगरपालिका वडा नम्वर ८ स्थित हरित कृषि थोक बजार आदर्श चोकमा हुने उक्त मेलामा भक्तपुर साङ्गीतिक समाजले विभिन्न सांस्कृतिक प्रस्तुतिहरू प्रस्तुत गर्ने जनाएको छ । साङ्गीतिक समाजका अध्यक्ष प्रवीण शाहीका अनुसार, स्थानीय उत्पादन प्रवर्धन तथा पर्यटन प्रवर्धनका लागि सांस्कृतिक प्रस्तुति गर्न लागिएको हो ।


मेलामा घरेलु, कृषि, पर्यटन, हस्तकला, काष्ठकला, धातुकला, विद्युतीय सामग्रीहरू, नेवारी खाना, विभिन्न खानाहरू, सहकारी, बैङ्किङ, शिक्षा, लगायतका स्टलहरू समावेश हुने आयोजक सुर्यविनायक नगरपालिकाले जनाएको छ। विभिन्न स्वरोजगारका कार्यक्रम साथै सीप मूलक तालिम दिँदै आएको सुर्यविनायक नगरपालिकाले कृषि, पर्यटन तथा घरेलु उद्योगबाट उत्पादन भएका सामग्रीलाई बजारीकरणमा सहयोग पु¥याउँने उदेश्यले मेलाको आयोजना गरेको वडा नं. ८ का वडा पुष्प बस्नेतले बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

मेलामा ९५ भन्दा बढी स्टल रहने बताइएको छ। नेपाली उत्पादनको प्रयोग गरौँ स्थानीय उत्पादनलाई प्राथमिकता दिऊँ भन्दै सो मेला आयोजना गर्न लागिएको हो । सुर्यविनायक नगरपालिकाको सहयोगमा हुन लागेको मेलामा भक्तपुरमा उत्पादन हुने तथा नेपाली रैथाने उत्पादनहरूको प्रदर्शनी हुने अध्यक्ष बस्नेतले बताए ।


मेलामा घरेलु उत्पादनका साथै स्थानीय नेवारी खाना, खाजाका अलवा योमरी, चटामरी , समय बजी, बारा, च्याउको छ्वायला तथा च्याउका विभिन्न परिकारहरू समेटिने बताइएको छ । भक्तपुर जिल्लाका स्थानीय उत्पादन विशेष गरी सूर्यविनायक नगरपालिकाका स्थानीय उत्पादनलाई पर्यटन सँग जोड्नको लागि मेलाको आयोजना गरिएको भक्तपुर पर्यटन विकास समितिका पूर्व अध्यक्ष राम सुन्दर भेलेले बताए ।

प्रतिकृया