• २ असोज २०८३, शुक्रबार
  • ७ः२४ बेलुका

संयुक्त राष्ट्रसंघका उपमहासचिव र प्रहरी महानिरीक्षकबीच शिष्टाचार भेट

प्रकाशित मिति

२०८० असार १३ गते, बुधबार ०२:१६

१३ असार २०८०, काठमाडौँ:  संयुक्त राष्ट्रसंघका Under-Secretary General for Peace Operations, Mr. Jean Pierre Lacroix र प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरबीच बुधबार नेपाल प्रहरी प्रधान कार्यालयमा शिष्टाचार भेट भएको छ ।भेटका अवसरमा उपमहासचिव Lacroix ले संयुक्त राष्ट्र संघको अनुरोधमा विभिन्न देशमा शान्ति स्थापनार्थ खटिएका नेपाल प्रहरीका कर्मचारीहरूको योगदानको उच्च प्रशंसा गर्नुभयो ।

National Life

सो अवसरमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले मानव अधिकारको संरक्षण एवम् प्रवर्द्धन गर्दै संयुक्त राष्ट्रसंघको विधानप्रति सदैव प्रतिवद्ध रहँदै शान्ति स्थापनार्थ नेपाल प्रहरी परिचालित भई योगदान दिँदै आएको बताउनुभयो । भेटका अवसरमा उहाँहरूबीच संयुक्त राष्ट्रसंघको अनुरोधमा विभिन्न मिसनमा शान्ति स्थापनार्थ परिचालित हुने नेपाल प्रहरीको सहभागिता बढाउने, राष्ट्रसंघमा नेपाल प्रहरीको योगदान र आपसी हित लगायतका बिषयमा छलफल भएको थियो ।


कार्यक्रममा संयुक्त राष्ट्र संघका नेपालस्थित आवसीय प्रतिनिधि Hanaa Singer- Hamdy, नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ, केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुबेर कडायत लगायत अन्य वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया