प्रहरी महानिरीक्षक टेक प्रसाद राईबाट इस्ट्राटेजिक कमाण्ड एण्ड म्यानेजमेन्ट तालिम समापन
प्रकाशित मिति
२०८० जेष्ठ २६ गते, शुक्रबार ११:५१
२६ जेठ २०८०, काठमाडौँ : राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा संचालित तेस्रो समूहको इस्ट्राटेजिक कमाण्ड एण्ड म्यानेजमेन्ट (एससिएम) तालिमको निमित्त प्रहरी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईको प्रमुख आतिथ्यमा सोही प्रतिष्ठानमा बिहीबार आयोजित कार्यक्रमवीच समापन भएको छ ।
कार्यक्रममा निमित्त प्रहरी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक राईले सहभागी प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र प्रदान गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस तालिमले प्रशिक्षार्थीहरूलाई रणनीति निर्माण, नेतृत्व क्षमता एवम्व्य वस्थापनका क्षेत्रमा थप दक्षता हासिल भएको विचार व्यक्त गर्नुभयो । यस्ता तालिमलाई समयानुकूल परिवर्तन र परिमार्जन गदै लैजाने उल्लेख गर्दै उहाँले संगठनको उद्देश्य एवम् लक्ष्य हासिल गर्नलाई तालिम फलदायी हुने विश्वास व्यक्त गर्नुभयो ।

तालिम संयोजक प्रहरी नायव महानिरीक्षक रविन्द्र केसीले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको उक्त कार्यक्रममा प्रहरी नायव महानिरीक्षक केदार ढकालले प्रशिक्षार्थीहरूकोतर्फबाट तालिमको अनुभवसहितको मन्तव्य व्यक्त गर्नुभएको थियो भने तालिम सम्बन्धि गतिविधि समेटेर तयार पारिएको भिडियो समेत प्रस्तुतीकरण गरिएको थियो ।

यही जेठ १ गतेबाट संचालित उक्त तालिममा प्रहरी नायव महानिरीक्षक ५ जना र प्रहरी वरिष्ठ उपरीक्षक १० जना गरी कुल १५ जना वरिष्ठ प्रहरी अधिकृतहरूको सहभागिता रहेको थियो ।




प्रतिकृया