अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी स्टार्टअपसँग छलफल गर्दै
प्रकाशित मिति
२०८३ भाद्र ९ गते, मंगलवार ११:०५
९ भदौ २०८३ काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सूचना प्रविधि क्षेत्रका दुई दर्जनभन्दा बढी स्टार्टअप उद्यमीसँग छलफल गर्ने भएका छन्। अर्थ मन्त्रालयको आयोजनामा बजेट कार्यान्वयन संवाद शृंखलाअन्तर्गत उक्त छलफल हुन लागेको हो।
अर्थ मन्त्रालयको सभाहलमा बिहान ११ बजेदेखि छलफल सुरु हुनेछ। छलफलमा सूचना प्रविधि क्षेत्रको विकासका लागि सरकारले बजेटमार्फत अघि सारेका नीति, त्यसको प्रभावकारी कार्यान्वयन तथा युवा उद्यमीले गरेका प्रयासबारे छलफल हुने जनाइएको छ। साथै, सूचना प्रविधि क्षेत्रको विकासका लागि सरकारले गर्नुपर्ने आवश्यक सहजीकरणबारे पनि अर्थमन्त्री वाग्लेले सरकारको धारणा स्पष्ट पार्नेछन्।

कार्यक्रममा युवा उद्यमीहरूले सूचना प्रविधि क्षेत्रसँग जोडिएका आफ्ना सपना, चुनौती तथा सरकारले गर्नुपर्ने व्यावहारिक र नीतिगत सहजीकरणका विषयमा मौखिक तथा लिखित धारणा राख्ने अवसर पाउनेछन्। सरकार र युवा उद्यमीबीच प्रत्यक्ष संवादमार्फत सूचना प्रविधि क्षेत्रको विकास तथा बजेट कार्यान्वयनलाई थप प्रभावकारी बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।





प्रतिकृया