ज्योतिविकास बैंकद्वारा Cardless Cash Withdrawal सेवाको सुरुवात
प्रकाशित मिति
२०८० जेष्ठ २५ गते, बिहीबार ०१:१४

२५ जेठ २०८०, काठमाडौँ : ज्योतिविकास बैंकले डेबिट कार्ड बिना नै ATM बाट पैसा निकाल्न सकिने गरि cardless भुक्तानी सेवाको सुरुवात गरेको छ। यो सुविधाअन्तर्गत ग्राहकवर्गले बैंकको मोबाइल बैंकिङ एपतथा वेब ब्राउजर मार्फत प्राप्त OTP code लाई एटीएम मेसिनमा प्रयोग गरि सहज र सुरक्षित तरिकाले रकम झिक्न सक्नेछन् ।
डिजिटल बैंकिङलाई प्राथमिकता दिंदै ग्राहकवर्गलाई सहजता प्रदान गर्ने हेतुले यस विकास बैंकले यो आधुनिक बैंकिङ सेवा विस्तार गरेको हो। बैंकको मोबाइल बैकिङ jyoti smart बचत तथा वेब ब्राउजर jyotismart.jbbl.com.npमार्फत यो सेवाप्रयोग गर्न सकिनेछ । बैंकको मोबाइल बैंकिङ सुविधा लिएका ग्राहकहरूले यस विकास बैंकका देशभर रहेका ७५ वटै एटिएमबाट यो सेवाप्रयोग गरी आफुले चाहेको समयमा नगद निकाल्न सक्नेछन् ।
बैंकको यो सुविधा प्रयोग गर्नका लागि jyoti smart प्रयोगकर्ताहरूले एपभित्र रहेको payment आइकनमाथिचे पछि देखिने Cardless Withdrawal आइकनमा ट्याप गरि मागिएको विवरण प्रदान गर्नुपर्नेछ। तत् पश्चात, ज्योतिविकास बैंककै एटिएममा गई cardless transation चयन गरी आफ्नो मोबाइलनम्बर, निकाल्नुपर्ने रकम ( मोबाइल बैंकिङ एपमा चयन गरिएको ) र मोबाइलमाप्राप्त OPT Code राखी इच्छाइएको रकमझिक्न सकिनेछ ।
डिजिटल बैंकिङ्गको प्रयोग बढे संगै बैंकले सोहि प्रक्रियामा चाहिने पासवर्ड, पिन, ओटीपी कोड र अन्यगोप्य सूचनाभने सुरक्षित राखी कारोबार गर्न र वित्तीय ठगी विरुद्ध सचेत हुन जोड दिएको छ । आफ्नो खुद मुनाफाबाट नेपालमाहाल सञ्चालनमा रहेका अन्य बैंक तथावित्तीय संस्थाहरुले सामाजिक उत्तरदायित्वअन्र्तगत समाजिककार्यमा गर्ने योगदानभन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाज प्रति उत्तरदायी बनेको यस विकास बैंकले नागरिकको सर्वोत्तमहित सदा उच्च प्राथमिकतामा राखेको छ । प्रचलित कानुनको पूर्णरुपमा परिपालना गरी ग्राहकवर्ग, कर्मचारी, नियामकनिकाय, शेयरधनी र समग्र सरोकारवालाको हकहितमा योगदान पु¥याउन ज्योतिविकास बैंक सदैव प्रतिवद्ध रहेको छ । ज्योतिविकास बैंकले हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा७५ वटा ATM मार्फत सेवाउपलब्ध गराउदै आइरहेको छ ।
प्रतिकृया