• ८ भदौ २०८३, मंगलबार
  • ९:३९ बिहान

सञ्चारमाध्यममा आएका विषयलाई नै लिएर कहिलेकाहीँ सदन अवरुद्ध पनि गर्दा रहेर्छौं : सभापति लामिछाने

प्रकाशित मिति

२०८० जेष्ठ २५ गते, बिहीबार ०२:०२

२५ जेठ २०८०, काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सदन कुनै हेडलाइनमा उचालिने ठाउँ नभएको बताएका छन्। प्रतिनिधि सभाको बिहीबारको बैठकमा बजेटमाथिको आफ्ना धारणा राख्दै उनले बहस अत्यन्त महत्त्वपूर्ण बन्नुपर्ने बताएका हुन्।


‘यो सदनमा हुने बहस अत्यन्त महत्त्वपूर्ण बनोस्, यहाँ हुने सरसल्लाह महत्त्वपूर्ण बनून भन्ने ध्यानाकर्षण गराउन चाहन्छु। सञ्चारमाध्यममा आएका विषयलाई नै लिएर कहिलेकाहीँ सदन अवरुद्ध पनि गर्दा रहेर्छौं। होहल्ला गर्दा रहेछौं, त्यसको तथ्यजाँच गर्नु पनि महत्त्वपूर्ण हुने रहेछ। त्यसैले मैले निर्ममतापूर्वक आफैंलाई पनि भनेको हुँ,’ उनले भने।

Kamana Sewa

उनले केही कैयन् व्यापारी व्यवसायीहरूले केही सञ्चारमाध्यलाई लगानी या विज्ञापनको माध्यमबाट प्रभाव पारेको बताउँदै उनले आफ्नो छवि बिगारिदिने भयले सांसदहरूले भन्न डराउने गरेको बताए।

Classic Tech Desktop

‘संसद्मा भैँसी र राँगाको विषयमा बहस गरेर पाँच वर्ष गुजार्ने काम होइन, यस विषयमा सत्ता पक्ष र प्रतिपक्ष वादविवादमा लागेर लज्जित भएका छौँ । यो गलत कार्य हो । नहुनुपर्ने कार्य हो हाम्रो पार्टीबाट भएको गल्तीमा म आत्मआलोचना गर्न चाहन्छु’ लामिछानेले भने ।


‘त्यो सत्य हो, बोल्न धेरै किन डराउनुहुन्छ भने ती सञ्चारमाध्यमहरूले गलत लेख्दिँदा आफ्नो छवि बिग्रन्छ भन्ने डरले कैयन् माननीयहरूले बोल्नुहुन्न। तर, त्यसो भन्न मिल्दैन। त्यसैमा आएको समाचारले संसदमा हंगामा मच्चाइरहँदा समाचारलाई प्रभावित पार्न खोज्ने कुनै व्यापारीले कति रमाइलो मान्दो हो। यो सदन कुनै हेडलाइनमा उचालिने ठाउँ होइन। त्यसको वास्तविकता जाँच गर्नुपर्छ,’ उनले भने।


उनले केही नयाँ गरौँ भनेर आएका दलहरू पुरानै शैलीमा गए, सबैलाई त्यही रोगमा लाग्यो र सदनमा गाइ, भैँसी र राँगोको मात्रै कुराकानी गरे गोबरमात्रै प्राप्त गर्ने बताए । उनले पाँच वर्षपछि विद्यालय, अस्पताल कस्तो बनाउने भनेर अहिले नै रेकर्ड राख्नुपर्ने बताए।


‘नजिकैको कान्ति बाल अस्पताल जाऊँ, ५ वर्षपछि त्यो अस्पताल कस्तो बनाउँछौं? स्क्रिन रेकर्ड राखौं, हामीले गरेको नीतिले पाँच वर्षअगाडि र पाँच वर्ष पछाडि के फरक पर्‍यो भन्ने कुरा जाचौं। पाँच वर्षपछि आउने सदनलाई त्यो हस्तान्तरण गरौं, यदि यसो गर्न सक्दैनौं र राँगा–भैंसीका भरमा बहस गर्दै जाने हो भने नेपाली जनतामा निराशा छाउँछ,’ उनले भने।

प्रतिकृया