• 4:31 pm

ओली र अर्थमन्त्रीबीच कुराकानी

प्रकाशित मिति

२०८० जेष्ठ २३ गते, मंगलवार ०२:२९

२३ जेठ २०८०, काठमाडौँ : बजेट निर्माणमा अनधिकृत व्यक्ति घुसाइएको बारे प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र अर्थमन्त्री प्रकाशशरण महतबीच कुराकानी भएको छ । बजेट बनाउँदा पूर्वनायब सुब्बा रामकृष्ण श्रेष्ठ प्रवेश गराएर करको दर हेरफेर गरिएको भन्दै एमालेलगायत विपक्षी दलले विरोध जनाउने भएपछि संसद् बैठक सरेको थियो।


अध्यक्ष ओली र अर्थमन्त्री महतबीच कुराकानी भएपछि सदन सञ्चालन हुने दिशामा अघि बढेको एमाले सचेतक महेश बर्तौलाले जानकारी दिए।


‘हाम्रो संसदीय दलको नेता र अर्थमन्त्रीबीच कुराकानी भयो। अनधिकृत व्यक्ति प्रवेशबारे अर्थमन्त्रीले जवाफ दिने सहमति भएको छ, अब केहीबेरमा बैठक बस्छ होला,’ उनले भने। उनले सुरूमा एमालेले बोल्ने र त्यसपछि अर्थमन्त्रीले जवाफ दिने सहमति भएको बताए।

प्रतिकृया