• ७ भदौ २०८३, सोमबार
  • १:२४ बेलुका

प्रतिनिधि सभाकाे बैठकमा एमाले, रास्वपा र राप्रपाले अवरोध गर्ने भनेपछि सुरू हुन सकेन

प्रकाशित मिति

२०८० जेष्ठ २३ गते, मंगलवार ०१:२८

२३ जेठ २०८०, काठमाडौँ : ११ बजेका लागि बोलाइएको बैठक बजेट निर्माणमा पूर्वनायब सुब्बा घुसाएको भन्दै विपक्षी दलहरूले संसदमा विरोध जनाउने भएपछि प्रतिनिधि सभा सुरू भएन।


सोमबारको प्रतिनिधि सभा बैठकमा बजेटमा करको दर फेरफेरमा पूर्वनासु संलग्न गराइएको भन्दै राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले प्रश्न उठाएका थिए।

Kamana Sewa

आज पनि नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपाले विरोध गर्ने बताएपछि बैठक सुरू नभएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए।

Classic Tech Desktop

‘सभामुखले सचेतकहरूसँग छलफल गरिरहनुभएको छ, बैठकको कामकारबाहीमा अवरोध नहुने गरी संसदलाई नियमित कार्यसूचीमा कसरी लैजाने भनेर उहाँ कुराकानीमै हुनुहुन्छ,’ उनले भने।


प्रतिनिधि सभामा सोमबारदेखि बजेटमाथि छलफल सुरू भएको छ। आर्थिक वर्ष २०८०र०८१ को बजेट निर्माणका क्रममा करका दर हेरफेर गर्न पूर्वनायबसुब्बा रामकृष्ण श्रेष्ठलाई संलग्न भएको भन्दै सांसदहरूले विरोध गरेका हुन्।

प्रतिकृया