• 7:14 am

राष्ट्रियसभाको बैठक सर्‍यो, बुधबार बस्ने

प्रकाशित मिति

२०८० जेष्ठ २३ गते, मंगलवार १२:५०

२३ जेठ २०८०, काठमाडौँ: मंगलबार बस्ने भनिएको राष्ट्रियसभा बैठक बुधबार बिहानका लागि सरेको छ ।


आज बिहान ११ः११ बजे तय भएको बैठक विशेष कारणवश भोलि बिहान ११ः११ बजे बस्ने संघीय संसद् सचिवालयले जनाएको छ । आज बस्ने भनिएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समसामयिक विषयमा वक्तव्य दिने सम्भावित कार्यसूची थियो ।


साथै अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको अनुमानमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव समेत प्रस्ताव गर्ने कार्यसूची थियो ।

प्रतिकृया