• २१ जेठ २०८३, बिहीबार
  • ८:३१ बिहान

रेशम चौधरीलाई आममाफी दिने प्रक्रिया रोक्न राष्ट्रिय जनमोर्चाको माग

प्रकाशित मिति

२०८० जेष्ठ १२ गते, शुक्रबार ११:४३

१२ जेठ २०८०, काठमाडौँ: राष्ट्रिय जनमोर्चाले रेशम चौधरीलाई आममाफी दिने प्रक्रिया रोक्न सरकारसँग माग गरेको छ । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले शुक्रबार विज्ञप्ति निकालेर आममाफी दिने प्रक्रिया रोक्न सरकारसँग माग गरेका हुन् ।


‘टीकापुर हत्याकाण्डका नाइके वा संलग्नलाई आममाफी दिने कार्यले दण्डहिनता, अपराधको राजनीतिकरण र राजनीतिको अपराधिकरण बढ्ने छ। जसको परिणाम मुलुकमा कानुनको शासन नभएर अराजकता र दण्डहिनता मौलाउने छ। त्यसैले रेशम चौधरीलाई आममाफी दिनका लागि अगाडि बढाएको प्रक्रिया रोक्न सरकारसँग माग गर्दछौँ,’ अध्यक्ष केसीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Kamana Sewa

नागरिक उन्मुक्ति पार्टीका सल्लाहकार रहेका चौधरीलाई सर्वोच्च अदालतले केही समयअघि सर्वस्वसहितको जन्मकैद फैसला गरेको थियो । ‘चौधरीलाई आममाफी दिने गरी वर्तमान प्रचण्ड नेतृत्वको सरकारले अगाडि बढाएको प्रक्रियाको हाम्रो पार्टी राष्ट्रिय जनमोर्चाले घोर विरोध तथा भर्त्सना गर्दछ,’ उनले भनेका छन् ।

Classic Tech Desktop

जनमोर्चाले ‘टीकापुर हत्याकाण्ड कुनै राजनीतिक नभएर आम नरसंहारको घटन’ रहेको उल्लेख गरेको छ । ‘त्यो घटनाका मुख्य नाइकेलाई गणतन्त्र दिवसको उपलक्ष्यमा आमाफी दिइ कैद मिनाहा गराउन सरकारले अगाडि बढाएको प्रक्रिया आफ्नो सरकार टिकाउन गरिएको राजनीतिक लेनदेन वा सौदावाजी मात्र हो। विगतमा सरकारले रवि लामिछानेको राहदानी प्रकरणमा राजनीतिक सौदावाजी गरेर मुद्दा नचल्ने निर्णय गरेको थियो। तर त्यो सौदावाजी सरकारलाई कति महँगो भयो? प्रष्ट छ,’ उनले भनेका छन् ।

प्रतिकृया