
आइएमई पे मार्फत ‘केटिएम बबल टि’ मा फोनपे क्युआर स्क्यान गरी भुक्त्तानी गर्दा छुट
प्रकाशित मिति
२०८० जेष्ठ १२ गते, शुक्रबार ११:४७

१२ जेठ २०८०, काठमाडौँ : ‘आइएमई पे’ ले केटिएम बबल टिसँग ग्राहकलाई छुट प्रदान गर्ने सम्झौता गरेको छ । आइएमई पे ले केटीएम बबल टि सँग गरेको सम्झौता अन्तर्गत आइएमई पे मार्फत फोनपे क्युआर स्क्यान गरी भुक्त्तानी गर्ने ग्राहकलाई १२५ छुट दिने भएको हो । सो अफर साउन १६ सम्म मात्र लागु हुनेछ । केही समय यता विभिन्न व्यवसाय सँग सम्झौता गर्दै आइएमई पे ले क्युआर स्क्यान गरी भुक्त्तानी गर्दा छुट प्रदान गर्दै आइरहेको छ ।
आइएमई पेको बारेमास्
नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित आइएमई पे मोबाईल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो। “आइएमई पे” आइएमई ग्रुपको डिजिटल वित्तिय सेवा प्रदायक अन्तर्गतको एक उत्पादन हो। नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट्ट विनियमावली- २०७२ बमोजिम आइएमई डिजिटलले दुरसञ्चार सञ्जालको माध्यमबाट मोबाईल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो।
प्रतिकृया