• ९ असोज २०८३, शुक्रबार
  • ४ः०७ बेलुका

कुवेतले सिंगापुरलाई ४ विकेटले हरायो

प्रकाशित मिति

२०८० बैशाख १२ गते, मंगलवार ०२:४५

१२ वैशाख २०८०, काठमाडौँ: एसिसी प्रिमियर कपअन्तर्तग समूह ‘बी’ को खेलमा कुवेतले सिंगापुरलाई ५ विकेटले पराजित गरेको छ। मंगलबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा पहिले ब्याटिङ गरेको सिंगापुर ३१.४ ओभरमा ११३ रनमै अलआउट भयो।

National Life

सिंगापुरका लागि अमार्त्य कउलले ४५ रन, मनप्रित सिंहले २८ रन र थिलिपन ओमाइडुराइले १३ रन जोडे। अरु ब्याट्सम्यान दोहोरो अंकमा रन जोड्न नपाइ आउट भए। बलिङमा कुवेतका मोहमद इस्लामले पाँच विकेट लिए। उनले ८.४ ओभरमा २ मेडन राख्दा २० रन खर्चिए। शिराज खानले ३ विकेट लिए।


११४ रनको लक्ष्य कुवेतले २६.३ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्‍यो। उसका लागि अडनान आइद्रेसले ३८ रन जोडे भने मित भव्सरले नटआउट २७ रन बटुले। बलिङमा सिंगापुरका भाषकर र अक्षय पूरीले २-२ विकेट लिए। यससँगै सिंगापुर चारै खेलमा पराजित हुँदै समूह चरणबाट बाहिरियो भने कुवेतको सेमिफाइनल आसा जीवित रह्यो।

Classic Tech Mobile
Classic Tech Desktop

समूहमा अन्तिम खेलअघि हङकङ ५ अंकसहित शीर्ष स्थानमा छ। दोस्रो स्थनको युएई र तेस्रो स्थानको कुवेतको चार चार अंक भएको छ। चौथो स्थानको बहराइनको ३ अंक छ। अब हङकङ र कुवेत तथा बहराइन र युएईबीचको खेलपछि सेमिफाइनल पुग्ने दुई टिमको टुंगो लाग्नेछ।

प्रतिकृया