• ९ असोज २०८३, शुक्रबार
  • ६ः४३ बेलुका

मेलम्ची खानेपानीको व्यवस्थापनको कामलाई तदारुपकताका साथ अघि बढाउन माग सांसद सिंहको माग

प्रकाशित मिति

२०८० बैशाख १२ गते, मंगलवार ०२:२८

१२ वैशाख २०८०, काठमाडौँ: नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले मेलम्ची खानेपानी काठमाडौँमा निरन्तर वितरण हुने गरी आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन्। उनले फेरि बर्खा सुरु हुन लागेकाले सो पानी वर्षायाममा पनि काठमाडौँ आउने गरी निर्माणको कामलाई तीव्रता दिन सरकारसँग माग गरेका हुन्।

National Life

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै नेता सिंहले काठमाडौँ बासीलाई खानेपानीको संकटमा पार्ने काम सरकारले गर्न नहुने पनि बताए।


उनले भने, ‘वर्षायाम सुरु हुँदैछ। मेलम्ची खानेपानी फेरि पनि रोकिने हो कि भन्ने पीरले काठमाडौँ बासीलाई धेरै मर्का परिरहेको कुरा सम्बन्धित मन्त्रालयले, त्यसमा पनि विशेष गरेर नेपाल सरकारले काठमाडौँबासीलाई निरन्तर रुपमा खानेपानी वितरणको लागि मेलम्ची खानेपानीको व्यवस्थापनको कामलाई तदारुपकताका साथ अघि बढाउन माग गर्दछु।’

Classic Tech Mobile
Classic Tech Desktop

नेता सिंहले काठमाडौँबासीले सधैँ पानीको अभाव सहनुपर्ने अवस्थाको अन्त्य गर्न सरकार लागि पर्नुपर्नेसमेत बताए।

प्रतिकृया