संसद्मा सांसदहरुले उठाएका प्रश्नहरुकाे अवस्था वेबसाइटमा राख्ने व्यवस्था मिलाइयोस् : सांसद र्कीको
प्रकाशित मिति
२०८० बैशाख १२ गते, मंगलवार ०३:०६

१२ वैशाख २०८०, काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले संसद्मा सांसदहरुले उठाएका प्रश्नहरु पनि वेबसाइटमा राख्ने व्यवस्था गर्न माग गरेकी छन् । संसद्मा सांसदहरुले उठाएको प्रश्नको जवाफ सरकारले नदिएको उल्लेख गर्दै उनले ती प्रश्न र त्यसको अवस्थाबारे आम नागरिकलाई हेर्नेगरी वेबसाइटमा व्यवस्था गर्न सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएकी हुन ।
‘यो सदन हामी सांसदहरुको भन्दा पनि सार्वभौम नेपाली जनताको बढी हो । सरकारलाई सदनप्रति र सदनलाई जनताप्रति उत्तरदायी बनाउन आवश्यक छ । समस्या मात्रै राख्दिनँ सभामुख महोदय म, समाधान पनि दिन चाहन्छु । के-के प्रश्न उठे, ती प्रश्नहरुको अवस्था के छन् र ? आमनागरिकले हेर्ने गरी वेबसाइटमा राख्ने व्यवस्था मिलाइयोस्,’ सांसद कार्कीले भनिन् ।
प्रतिनिधिसभा बैठकमा मंगलबार उनले सरकारलाई सदनप्रति र सदनलाई जनताप्रति उत्तरदायी बनाउन आवश्यक रहेको दोहोर्याइन् । उनले ललितपुरमा स्वास्थ्य बिमा, स्वास्थ्यकर्मीहरुको थप दरबन्दी र नख्खु-भैंसेपाटी खण्डको निर्माण कहिले सम्पन्न हुन्छ रु भनि सरकारलाई प्रश्न पनि गरिन् ।
‘हामी संसद्मा आइपुग्न निर्वाचनमा अर्बौं खर्च हुन्छ । एक दिनको संसद् बैठकमा लाखौं खर्च हुन्छ । आर्थिक पक्षभन्दा पनि मूल्यवान आशा, भरोसा र विश्वास नागरिकको जोडिएको हुन्छ हामीसँग,’ उनले भनिन्, ‘हामी प्रश्न उठाउँछौं, उत्तर आउँदैन । प्रतिनिधिसभा नियमावली २०७९ को नियम १५ को उपनियममा स्पष्ट व्यवस्था ६-७ दिनभित्र सम्बन्धित मन्त्रीले जवाफ दिनुपर्छ । तर, खोइ ललितपुरमा स्वास्थ्य बिमा कहिले आउँछ रु नख्खु-भैंसेपाटी सडक कहिले बनिसक्छ रु स्वास्थ्यकर्मीको दरबन्दी कहिले बढ्छ रु यी प्रश्नहरुको जवाफ आएन ।
सांसद कार्कीले सरकारका मन्त्रीहरुले सांसदहरुले उठाएका प्रश्नको जवाफ नदिएकामा आपत्तिसमेत जनाइन् ।
प्रतिकृया