• 4:46 pm

कांग्रेस संसदीय दलको बैठक बस्दै

प्रकाशित मिति

२०८० बैशाख १२ गते, मंगलवार ०९:४९

१२ वैशाख २०८०, काठमाडौँ: नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दैछ। बानेश्वर स्थित संसद भवनमा मंगलबार १० बजे कांग्रेस संसदीय दलको बैठक बस्न लागेको हो । सोमबारबाट जारी बैठकमा आर्थिक बर्ष २०८०/८१ को बजेटका सन्दर्भमा छलफल भइरहेको कांग्रेस संसदीय दलका प्रमुख सचेतक रेमश लेखकले बताए ।


सोमबारको बैठकमा दलको नेता शेरबहादुर देउवाले बजेटबाट राय दिन सांसदलाई आग्रह गरेका थिए । अर्थमन्त्री प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र र आगामी बजेटको आकारबारे बिफ्रिं गरेका थिए । सांसदहरुलाई तीन मिनेटमा आफ्नो राय राख्न भनिएको छ। सोमबार २० जना सांसदले आफ्नो राय राखेका थिए भने बाँकीले आज धारणा राख्ने छन् ।

प्रतिकृया