• 11:23 pm

एन्फा अनुशासन कमिटीले गर्‍यो ४ क्लबलाई कारबाही

प्रकाशित मिति

२०८० बैशाख ११ गते, सोमबार ०४:३३

११ वैशाख २०८०, काठमाडौँ: अखिल नेपाल फुटबल संघ (एन्फा) को अनुशासन समितिले चार ‘ए’ डिभिजन क्लबलाई कारबाही गर्ने निर्णय गरेको छ । जारी लिगका दौरान विभिन्न खेलमा अनुशासन उल्लंघन गरेको आरोपमा एन्फाले चार क्लबविरुद्ध जरिवाना गर्ने निर्णय गरेको हो ।


एन्फा अनुशासन समितिले संकटा क्लब, मछिन्द्र फुटबल क्लब, एफसी खुमलटार र एपीएफ क्लबलाई जरिवाना गरेको छ । एन्फाले संकटा, मछिन्द्र र खुमलटारलाई १०–१० हजार तथा एपीएफलाई ५ हजार जरिवाना गरेको हो ।


त्यस्तै, एपीएफ क्लबका अफिसियल जिवेश पाण्डेलाई ८ खेलको प्रतिबन्ध र १० हजार जरिवाना गरेको छ । मछिन्द्रविरुद्धको खेलमा पाण्डेले फोर्थ अफिसियल ज्ञानबहादुर मोक्तानलाई हातपात गरेका थिए। जसका कारण उनलाई एन्फाले आठ खेलको प्रतिबन्ध लगाएको हो ।

प्रतिकृया