उत्कृष्ट सेवा प्रदान गर्दै आएको प्रोफेश्नलभिसा एण्ड एजुकेशन सर्भिर्सेसको शाखा अब नेपालमा
प्रकाशित मिति
२०८० बैशाख ११ गते, सोमबार ०४:१२
११ वैशाख २०८०, काठमाडौँ : प्रोफेश्नलभिसा एण्ड एजुकेशन सर्भिर्सेसले नेपालमा नयाँ शाखा सञ्चालनमा आउने भएको छ । नेपालमा उद्घाटन हुने उक्तशाखाको नामभने नेपाल प्रोफेश्नलभिसा एण्ड एजुकेशन सर्भिसेस रहने जनाईएको छ । काठमाडौंको व्यवसायिक केन्द्र मानिएको सेन्ट्रल बिजनेश पार्क, थापाथलीको दोस्रो तल्लामा मुख्यालय रहने उक्त शाखाको उद्घाटन भने यही बैशाख १३ गते बुधबार हुनेछ ।
आफ्ना सेवाग्राहीहरुलाई गुणस्तरीय र विश्वसनीय सेवा प्रदान गर्दै आएको प्रोफेश्नलभिसा एण्ड सर्भिसेस सन् २०१५ मा स्थापना भएको हो । यसले आफ्नो स्थापना काल देखि नै आफ्नो सेवाका कारण प्रतिष्ठा कमाएको छ। सर्भिसेसले निरन्तर शिक्षा र आप्रवासन (माईग्रेसन) सम्बन्धी सबै प्रकारका सेवा प्रदान गर्दै आएको छ ।

कम्पनीले आफ्नो गुणस्तरीय सेवाका कारण विभिन्न अवार्ड समेत हातपारिसकेको छ । कम्पनीले सन् २०२२-२३ माशीर्ष–३ को माईग्रेसन एजेन्ट सिड्नी अवार्ड, सन् २०२२-२३ मै बेष्ट विजनेस अवार्ड, सन् २०२२-२३ मै अष्ट्रेलियन स्मलविजनेस च्याम्पियनफाईनलिष्ट, लोकलविजसेन अवार्ड–२०२२ को विजेता र लोकल विजनेस अवार्ड–२०२३ को फाईनलिष्ट अवार्ड प्राप्त गरेको छ ।

प्रोफेश्नलभिसा एण्ड सर्भिसेसका सिईओ निशान्त शर्माले नेपालमा सेवा विस्तार गर्न पाएकोमा खुशी व्यक्त गरेका छन् । उनले भने, ‘हामी नेपालमा पनि आफ्नो सेवा विस्तार गर्न र नेपाली विद्यार्थीहरुलाई भरपर्दो, उच्च गुणस्तरको शिक्षा र आप्रवासन सम्बन्धी सेवा प्रदान गर्न पाउँदा खुशी र हर्षित छौं ।’ उनले आफूहरु सधैं राम्रो नतिजा प्रदान गर्न अब्ब भएको कुरा प्रमाणित भएको पनि स्मरण गराएका छन् ।
उनले थपे–‘हामी सँग उत्कृष्ट नतिजा प्रदान गरेको रेकर्ड छ । हामी नेपाली विद्यार्थीहरुलाई उनीहरुको शिक्षा र आप्रवासन सम्बन्धीको लक्ष्यप्राप्त गर्न सफल हुने छौं ।’ शाखाको उद्घाटन कार्यक्रममा सबैको उपस्थिति रहने जनाईएको छ ।




प्रतिकृया