• ३ असोज २०८३, शनिबार
  • ७ः५६ बेलुका

चितवन २ मा रवि लामिछानेको अग्रता

प्रकाशित मिति

२०८० बैशाख ११ गते, सोमबार ०३:५६

११ वैशाख २०८०, चितवन : चितवन–२ को उपनिर्वाचनको मतपरिणाममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता लिएका छन् ।

National Life

इच्छाकामना गाउँपालिका वडा नं १ र ३ को गणना सकिँदा रविले ११५५ मत पाएका छन् । नेकपा एमालेका रामप्रसाद न्यौपानेले ६६५ र नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले ५८८ मत पाएका निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।


इच्छाकामना वडा नं १ को मात्र मत गणना हुँदा एमालेले अग्रता लिए पनि वडा नं ३ को गणना भएपछि रवि लामिछानेले अग्रता लिएका हुन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया