• ५ असोज २०८३, सोमबार
  • २ः०८ राती

अख्तियारको क्षेत्राधिकार विस्तार रोक्न सभामुख घिमिरेलाई नेपाल चेम्बर अफ कमर्शको ज्ञापनपत्र

प्रकाशित मिति

२०८० बैशाख ११ गते, सोमबार ०३:४२

११ वैशाख २०८०, काठमाडौँ: नेपाल चेम्बर अफ कमर्शले अख्तियारको क्षेत्राधिकार विस्तार गर्ने गरी प्रतिनिधिसभामा विचाराधीन अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयक संविधान अनुकूल बनाउन सभामुख देवराज घिमिरेलाई ज्ञापनपत्र बुझाएको छ ।

National Life

चेम्बरका अध्यक्ष राजेन्द्र मल्ल नेतृत्वको टोलीले अख्तियारले निजी क्षेत्रमा पनि अनुसन्धान गर्न सक्ने व्यवस्थाप्रति आपत्ति जनाएको हो । ‘मुलुकको अर्थतन्त्र हाल जोखिमा रहेका बेला निजी क्षेत्र थप संकुचित हुने र निजी क्षेत्रलाई प्रतिकूल असर पर्ने कानुनी व्यवस्था नगर्न अनुरोध गर्दछौं,’ भेटमा मल्लले भने ।


चेम्बरले निजी क्षेत्रलाई नियमन गर्ने छुट्टै नियामक निकायहरु भएकाले अख्तियारको क्षेत्राधिकार भित्र पार्दा व्यवसाय नै ठप्प पर्ने जनाएको छ । सभामुख घिमिरेले निजी क्षेत्रमैत्री कानून निर्माण गर्न आफूले प्रयत्न गर्ने बताए । ‘ऐन बनाउन मुलतः सरकार र राजनीतिक दलहरुकै भूमिका रहन्छ,’ उनले भने, ‘तर अभिभावकीय भूमिका निर्वाह गर्ने तपाईंहरुलाई विश्वास दिलाउँछु ।’

Classic Tech Mobile
Classic Tech Desktop

सभामुख घिमिरेले विषयगत समितिहरु गठन प्रक्रियामा रहेकाले समितिमार्फत आफ्ना सुझावहरु दिन कमर्श पदाधिकारीको ध्यानाकर्षण गराए ।

प्रतिकृया