नेको इन्स्योरेन्सद्वारा चैतसम्मको ७० प्रतिशत दाबी भुक्तानी
प्रकाशित मिति
२०८० बैशाख ११ गते, सोमबार ०४:४०

११ वैशाख २०८०, काठमाडौँ: नेको इन्स्योरेन्सले चालु आर्थिक वर्षको चैत मसान्तसम्म ७० प्रतिशत दाबी भुक्तानी गरेको छ । कम्पनीले ८ हजार ९ सय ५९ वटा दाबीहरुको १ अर्ब २७ करोड रुपैयाँ भुक्तानी गरेको छ । आर्थिक वर्षको सुरुमा कम्पनीमा ३ हजार ९ सय ७३ वटा दाबीहरु तिर्न बाँकी थिए ।
जसमा यस आर्थिक वर्षको गत चैतसम्म थपिएको दाबीसहित ७० प्रतिशत दाबी भुक्तानी गरेको कम्पनीले जनाएको छ । कृषिसँग सम्बन्धित २ हजार २ सय ३० वटा दाबीको १० करोड २ लाख भन्दा बढीको रकम भुक्तानी गरेको हो । कम्पनीले यस आर्थिक वर्षको अन्तसम्म थप भुक्तानी हुन बाँकी दाबीको संख्यालाई घटाउने जनाएको छ ।
दाबी परेका र कागजात पुरा भएकाको यथाशीघ्र भुक्तानी दिने नीति लिएकाले सबै दाबीकर्ताहरुलाई यथाशक्य छिटो कागजात पेस गरी दाबी भुक्तानी लिन समेत अनुरोध गरेको छ । नेको इन्स्योरेन्सले करिब ५ वर्षदेखि छिटो छरितो दाबी भुक्तानीको लागि ठाउँको ठाउँ दाबी भुक्तानी गर्दै आएको छ ।
प्रतिकृया