• 11:58 am

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको ११ औं वार्षिक उत्सव भव्यताका साथ सम्पन्न

प्रकाशित मिति

२०८० बैशाख ११ गते, सोमबार ०४:५५

११ वैशाख २०८०, काठमाडौँ : नेपाल सरकार स्वास्थ्यतथा जनसंख्या मन्त्रालय अन्तर्गतको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको ११ औं वार्षिक उत्सव भव्यताका साथ सम्पन्न भएकाे छ । मानब अंग प्रत्यारोपण केन्द्रका पूर्व अध्यक्ष डा. शुशीलनाथ प्याकुरेलको प्रमुख आतिथ्यतामा भएको यस कार्यक्रममा एक वर्ष भरी केन्द्रमा भएको प्रगति विवरण केन्द्रका कार्यकारी निर्देशकले प्रस्तुत गरेका थिए ।


उक्त कार्यक्रममा केन्द्रले एक बर्षमा प्रदान गरेका सेवाहरुको विषयमा समिक्षा भएको थियो । उक्त कार्यक्रममा विरामीको प्रतिनिधित्व गर्ने मृगौला पिडित समाजका अध्यक्ष झमक श्रेष्ठ र मृगौला सोकार समाजका अध्यक्ष बलराम सुबेदीले केन्द्रमाकार्यर सम्पुर्ण कर्मचरीहरुले विरामीको उपचारमा पु¥याउनु भएको सेवा र सहयोगको उच्च सम्मानगर्नुको साथै केन्द्रको विषयमा विरामीमाझ नकारात्मक र भ्रमक समाचार तथा अभिव्यक्ती दिने विरुद्ध आँफुहरु जस्तो सुकै प्रतिकार गर्न प्रतिवद्ध रहेको र केन्द्रले गरेका राम्राकाममा संधै र समर्थन गर्ने कुरा बताउनु भयो ।


उक्त कार्यक्रममा शुभकामना मन्तव्य दिँदै बोडका सदस्य प्रेम प्रकास उप्रेतीले केन्द्रमा कार्यरत सम्र्पुण कर्मचारीरुको मेहनत र परिक्षमको कदर गर्नु पर्ने र आगामी दिनमा केन्द्रले अझ सफलता हासिल गर्नको लागि सुभकामना व्यक्त गर्नु भयो । कार्यक्रमा केन्द पुर्ब अध्यक्ष एबमा प्रमुख अतिथि शुसिलनाथ प्याकुरेलले आफ्नो पालामा भर्खरै सुरु भएको केन्द्रलाई विकास गरी हालको अवस्था सम्म ल्याउनको लागि आँफु सँधै लागी परेको कुरा बताउनु भयो । केन्द्रको प्रगतीमा केन्द्रमा कार्यरत सम्पुर्ण कर्मचारीहरुको सहयोग र साथले यस किसिमको सफलता प्राप्त भएकोमा सम्पुर्ण कर्मचारीहरुलाई धन्यवाद तथा बधाई दिनु भयो ।


एघारौ बार्षिक उत्सव समाहरोहमा केन्द्रमाकार्यरत कर्मचारीहरु मध्ये विगतका बर्षमा जस्तै यस बर्ष उत्कृष्ट सेवा गरे बापत वाडमा कार्यरत स्टाफ नर्स कमलाशर्मालाई प्रदान गरियो ।
एक वर्षअवधिमा भएका मूख्य मुख्य उपलब्धीहरु
– मृर्गौलाप्रत्यारोण २०६
– हेमोडाइलाइसिस २७८६७ सेसन
– ल्याब टेष्ट २३७५५५
– ओ टी मेजर ८२२
– ओ टीमाइनर ९९१
– ओ पिडी ५४,८३६
– क्याथल्याव सेवा १५९
– सि.टि. स्क्यान १९१६
मस्तिष्क मृत्युबाट प्रत्यारोपण
– मृर्गौला ४
– कलेजो २
केन्द्रकाकार्यकारी निर्देशकडापुकार चन्द्र
यी सबै कुरा केन्द्रमाकार्यरत सम्पूर्ण चिकित्सक, नर्स प्राविधिककर्मचारी, प्रशासनिककर्मचरी, सुरक्षागार्ड, सरसफाइकाकर्मचारीहरुको निरन्तरको प्रतिवद्धता र योगदानबाटमात्र संभवभएको कुरा बताउनु भयो ।

१ अंगदान र प्रत्यारोपण सम्बिन्ध यस बर्ष मात्र केन्द्र १०० भन्दाबढीविभिन्नकार्यक्रम र त्रियाकलापहरु गरेको ।

२ विभिन्न सञ्चार माध्यमहरुको लागि सकरात्क र नकरात्मकदुबैको समाचारको आकर्षको केन्द्र बन्न सफलभएको ।

– नकरात्मक समाचारले हामीकतिप्रगति गरेका रहेछौ भन्ने प्रमाणित गरिदिएको छ भने कतिपय मानसिहरु यस संस्थाको प्रगति र केन्द्रबाट उपलब्ध हुने सहज र सुलभ सेवाको इष्र्या समेत गर्ने गरेकाछन् । यो साच्चै सकरात्मक समाचारहो ।यसको श्रेय श्रीमान सचिवज्यूहरु स्वास्थ्यतथा जनसंख्यामन्त्रालय, अस्पताल प्रशासनतथा सम्पूर्ण SDNTC परिवार लाई दिनचाहान्छु ।

३ केन्द्रको भावी योजनाहरु :
– प्रत्यारोपणप्रतिष्ठाननिर्माणगर्ने
– देशको सातै प्रदेशमाप्रत्यारोपण सेवाविस्तार गर्ने
– केन्द्रको क्षमताविस्तार गरी ५०० शैयाको अत्याधुनिक सुविधा सम्पन्न केन्द्र बनाउने
– यथाशक्य छिटो कर्मचारीको वृत्ति विकास हुने विभिन्न क्रियाकालापहरु गर्ने ।

४ हामीलाई निरन्तर पृष्ठपोषण( Feedback)दिई अझ प्रगति गर्न र सम्पूर्ण नेपाली नागरिकहरुलाई सुलभ र सहज उपचार गर्न हौसाल प्रदान गरिदिनु हुन अनुरोध छ ।

प्रतिकृया