• ३ साउन २०८३, आइतबार
  • ३:५३ बेलुका

क्षितिज थेबेले सम्हाले युवा संघ अध्यक्षको जिम्मेवारी

प्रकाशित मिति

२०८० बैशाख १० गते, आईतवार १२:५९

१० वैशाख २०८०, काठमाडौँ: नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपाल क्षितिज थेबेले अध्यक्षमा निर्वाचित भएपछि पदभार ग्रहण गरेका छन् । युवा संघको नेपालगञ्जमा सम्पन्न नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित थेबेले पदभार ग्रहण गर्दै युवा आन्दोलनलाई अगाडि बढाउने प्रतिबद्धता जनाए ।


उनले भने, ‘नेपालका युवाहरूलाई कसरी हुन्छ अब राष्ट्र निर्माणमा अगाडि बढ्न जरुरी छ । एकमात्रै जिउँदो संगठन र सामाजिक न्याय र सुशासनको सदाबहादर उभिने सगठन युवा संघ नै हो ।’

Kamana Sewa

युवा संघले युवा उद्यमीको पक्षमा लाग्ने उनले बताए । राजनीतिक परिवर्तनसँगै अब आर्थिक परिवर्तनको लागि पनि युवा संघ लाग्नुपर्ने भन्दै थेबेले युवाहरूको समृद्धि नभइ देशको विकास नहुने उनको भनाइ छ ।

Classic Tech Desktop

कार्यक्रममा युवा संघका पूर्वअध्यक्ष तथा एमाले नेता महेश बस्नेत, किरण पौडेललगायत नेताहरूको उपस्थिति थियो ।

प्रतिकृया