• 9:14 pm

२४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न जिल्ला आचारसंहिता अनुगमन समिति तनहुँको निर्देशन

प्रकाशित मिति

२०८० बैशाख १० गते, आईतवार १२:४६

१० वैशाख २०८०, काठमाडौँ : जिल्ला आचारसंहिता अनुगमन समितिले तनहुँ जिल्ला निर्वाचन क्षेत्र नं. को उपनिर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवारले मिति २०८० वैशाख ७ गते राती १२ बजेपछि प्रचार प्रसार निषेधको अवधि सुरु भइसकेपछि निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ (ग) प्रतिकूल हुने गरी मोबाइल नम्बर ९८८०२९८८०२ बाट भ्वाइस मेसेजमार्फत मत मागेको सूचना प्राप्त भएको भन्दै स्पष्टीकरण सोधेको छ ।



‘आचारसंहिता प्रतिकूल हुने गरी मत माग्नु भएको हो होइन ?’ मुख्य निर्वाचन अधिकृतको कार्यालय, तनहुँ, दमौलीमा आफैँ वा प्रतिनिधि मार्फत उपस्थित भइ २४ घण्टाभित्र स्पष्टिकरण पेस गर्न भनिएको छ ।

प्रतिकृया