• ४ साउन २०८३, सोमबार
  • ५:०६ बिहान

गठबन्धनले सभामुखविरुद्ध महाअभियोग ल्याउन सक्छ : अध्यक्ष ओली

प्रकाशित मिति

२०७९ चैत्र २३ गते, बिहीबार ०४:५८

चैत २३, २०७९, काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सत्ता गठबन्धनले सभामुखविरुद्ध महाअभियोग प्रस्ताव ल्याउन सक्ने बताएका छन् । बिहीबार पार्टी निकट पेशागत महासंघको कार्यक्रममा उनले कुनै दिन सभामुखविरुद्ध पनि महाअभियोग ल्याउन बेर नलगाउने टिप्पणी गरेका हुन् ।


‘राष्ट्रपतिज्यूलाई महाअभियोग लगाउन खोजेका थिए धेरै पल्ट, पार लागेन’‍, उनले भने, ‘अहिलेको सभामुखलाई कुन दिन ल्याउन बेर लगाउँदैनन् किनकी २५ प्रतिशतले पुगिहाल्छ, यिनीहरुसँग त बहुमत छदैछ, महाअभियोग ल्याउन पनि बेर लगाउँदैनन्, लाजशरम भन्ने छैन, के गर्न हुन्छ के गर्न हुन्न भन्ने कुनै सीमा छैन ।’

Kamana Sewa

अहिलेकै गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध पनि महाअभियोग प्रस्ताव ल्याएर सर्वोच्च अदालतलाई लामो समय नेतृत्वविहीन बनाएको ओलीले बताए । महाअभियोग प्रस्ताव संसदमा दर्ता गरेर ६ महिनासम्म दराजमा थन्क्याएर राखेको पनि उनले बताए ।

Classic Tech Desktop

प्रतिकृया