• २१ जेठ २०८३, बिहीबार
  • ८:१७ बिहान

प्रधानमन्त्री दाहालले आज मन्त्रिपरिषद्‌ विस्तार गर्दै, शपथ पनि आजै

प्रकाशित मिति

२०७९ चैत्र १७ गते, शुक्रबार ०८:२०

चैत १७, २०७९, काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्ने भएका छ्न् । बिहीबार अबेरसम्म प्रधानमन्त्री निवास बालुवाटारमा बसेको १० दलीय गठबन्धनको बैठकमा सहमति नभएपछि मन्त्रिपरिषद् विस्तार मिति आजलाई सारिएको हो।


आज बिहान एक चरण छलफल गरेर दिउँसोसम्ममा शपथ दिलाउने गठबन्धनको तयारी रहेको बताइएको छ। बिहीबार बसेको गठबन्धनको बैठकले मन्त्रालयहरुको भागबण्डा टुंग्याएको थियो। हालसम्मको सहमतिमा नेपाली कांग्रेसले ८‚ नेकपा माओवादी केन्द्रले ५‚ एकीकृत समाजवादी पार्टीले २, जसपाले २, लोसपाले १, जनमतले १, नागरिक उन्मुक्तिले १, नेसपाले १ र आम नागरिक पार्टीले १ मन्त्रालय पाउने भएका छन्।

Kamana Sewa

गठबन्धनको ठूलो दल कांग्रेसले अर्थ, परराष्ट्र, रक्षा‚ सहरी विकास‚ भूमि व्यवस्था‚ सामान्य प्रशासन‚ स्वास्थ्य र कानुन मन्त्रालय मन्त्रालय पाउने सहमति भएको छ। माओवादीले उपप्रधानसहित गृह‚ ऊर्जा‚ सञ्चार‚ पर्यटन र महिला तथा बालबालिका मन्त्रालयको जिम्मेवारी पाउने भएको हो। एकिकृत समाजवादीले भौतिक पूर्वाधार र वन मन्त्रालय पाउने भएको छ।

Classic Tech Desktop

नेपाल समाजवादी पार्टीले खानेपानी तथा सरसफाइ मन्त्रालय‚ जनमत पार्टीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय‚ नागरिक उन्मुक्ति पार्टीले युवा तथा खेलकुद र जनता समाजवादी पार्टी (जसपा) ले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय‚ कृषि तथा पशुपन्छी मन्त्रालय‚ लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय पाउने भएको सहमति भएको छ।


स्रोतका अनुसार अन्तिम समयमा केही मन्त्रालय हेरफेर पनि हुन सक्ने छ।

प्रतिकृया