नेपाल लाइफका अभिकर्तालाई अन्तराष्ट्रिय ख्याति प्राप्त प्रशिक्षकद्धारा प्रशिक्षण सम्पन्न
प्रकाशित मिति
२०७९ चैत्र १३ गते, सोमबार ११:२७
चैत १३, २०७९, काठमाडौँ : नेपालको सर्वाधिकविश्वासिलोजीवनबीमाकम्पनी नेपाललाइफइन्स्योरेन्स कम्पनीले हिजाे चैत्र १२ गते इटहरीको दुर्गा पार्टी प्यालेसमा आयोजना गरेको एक दिवसीय अभिकर्ता प्रशिक्षण कार्यक्रम भव्यता पूर्वक सम्पन्न भएको छ । अन्तराष्ट्रिय प्रशिक्षकद्धारा प्रशिक्षण दिइएको यस कार्यक्रममा कोशी प्रदेश र मधेश प्रदेशबाट ५०० जना भन्दा अभिकर्ता तथा एजेन्सी म्यानेजरहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमको शुभारम्भ पानसमा दिप प्रज्वलन गरी नायब प्रमुख कार्यकारी अधिकृत अमित कुमारकयालले गर्नुभएको छ । उक्त कार्यक्रममा विशेष कारण बस देश बाहिर रहनु भएका यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले भर्चुअली उपस्थित भई अभिकर्ताहरुलाई स्वागत गर्दै यस किसिमको कार्यक्रमले उहाँहरुको सिकाईमा थप टेवापुग्नेमा आफू विश्वस्त रहेको बताउनु भयो ।यसले उहाँहरुको व्यक्तित्व विकासमा सहयोग पुर्याउनुका साथ साथै व्यवसाय विस्तारका लागि समेत उपयोगीसीपहरु विकास गर्न सहज हुने कुरा जाहेर गर्नुभयो ।
“सुरक्षा, बचत र पेन्सनको साथ, सुनौलो भबिष्यको सुरुवात”भन्ने नाराका साथ नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले भर्खरै सार्वजनिक गरेको “नेपाल लाइफ सुनौलो भविष्य जीवन बीमा योजना” एकदमै आकर्षक र प्रतिस्पर्धि रहनुका साथ साथै सम्पूर्ण सरोकारवालाहरुको हितमा रहेकाले यसको अधिकतम लाभ उठाउन समेत प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले आग्रह गर्नु भयो ।
उक्त कार्यक्रमका सहभागीहरुलाई प्रशिक्षण दिनका लागि भारतको मुम्बइबाट जीवनबीमाका अन्तराष्ट्रिय ख्याति प्राप्त प्रशिक्षक तथा सफल जीवन बीमा अभिकर्ता विजय कुमार झा उपस्थित हुनु हुन्थ्यो । कार्यक्रममा उपस्थित अभिकर्ता महानु भावहरुलाई धन्यबाद ज्ञापन गर्दै यस कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयालले आगामी दिनमा समेत कम्पनीले अभिकर्ताहरुको सीप विकास तथा मनोवल अभिवृद्धि लागि विभिन्न कार्यक्रम संचालन गर्ने कुरा बताउनु भयो।अभिकर्ताहरुको घर दैलोमा तालिम प्रदान गर्न पाउदा आफु खुसि भएको बताउनु भयो ।
“किनकि जीवनअ मुल्य” छ भन्ने मुलनारालाई आत्म साथ गर्दै करिब २२ वर्ष देखी नेपालीहरुको घर दैलोमा जीवन बीमा सम्बन्धि सम्पूर्ण सेवा प्रवाह गर्दै आएको नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको २०७९ पौष मसान्त सम्ममा यस कम्पनीको लगानी रु. १५६.४४ अर्व रुपैयाँ रहेको छ भने जीवनबीमा कोष १५०.८५ अर्व रुपैयाँ र शेयर धनी कोष ९ अर्व ५२ करोड भन्दा बढी रहेको छ । कम्पनीमा २,१२,३६२ भन्दाबढी प्रशिक्षित अभिकर्ता रहेका छन् । कम्पनीले आफ्ना सेवाग्राहीहरु तथा ग्राहकहरूका लागि देशभर फैलिएका आफ्ना हालकरिब १ सय ९७कार्यालय सञ्जालहरू मार्फत जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइ रहेको छ ।
यसका साथ साथै कम्पनीले हाल सम्म रु १९७.१८ अर्व रुपैया बीमा शुल्क आर्जन गरेको छ । नेपालको सर्वाधिक विश्वासिलो नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २१ वटाबीमा योजना अन्तर्गत ३१,१५,४२० बीमालेख जारी गरिएको छ । ग्राहकहरूको हितलाई ध्यानमा राखी यस कम्पनीले समयसापेक्ष आवश्यक थप सेवा तथा सुविधाहरु समेत उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।








प्रतिकृया